डेंगी संक्रमण बढेपछि ‘खोज र नष्ट’ अभियान

तानसेन । पाल्पामा डेंगी संक्रमण बढेपछि स्वास्थ्य कार्यालयले ‘खोज र नष्ट’ अभियान सुरु गरेको छ ।

पछिल्ला वर्षमा पहाडी जिल्ला पाल्पामा डेंगी संक्रमणको संख्यामा बढ्दै गएपछि नियन्त्रणका लागि खोज र नष्ट अभियान सुरु गरिएको स्वास्थ्य कार्याल पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो ।

स्वास्थ्य कार्यालय, तानसेन नगरपालिका र नेपाल रेडक्रस सोसाइटी पाल्पाले बिहीबारबाट वडावडामा खोज र नष्ट गर अभियान सञ्चालन सुरु गरेको छ । तानसेन नगरभित्र रहेका पानी जम्नसक्ने स्थलहरु ग्यारेज, कबाडी संकलन स्थल, वर्कसपलगायतमा स्वास्थ्यकर्मीसहितको टोली पुगेर लामखुट्टको लार्भा भएका पानीहरु सफागर्ने, फाल्न लगाउने साथै सचेतना जगाउने कार्य गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डेंगी संक्रमणबाट बच्ने सबैभन्दा उतम उपाए भनेको पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्नु रहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । पाल्पामा डेंगी संक्रमितको संख्या दैनिक बढदो क्रममा रहेको छ ।

एडिस (एजिप्टाइ) जातिका पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु हो । डेंगुको संक्रमण भएका व्यक्तिमा असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसापेशी दुख्ने, शरीरमा बिबिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोस हुने जस्ता लक्षणहरू देखा पर्छ । डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्छ । जसका लागि लामखुट्टेको वृद्धि रोक्ने उपयुक्त उपाए अपनाउन र सचेत हुन सन्चो हेल्थ केयर प्रालिका सञ्चालक डा.झपेन्द्र ढकालले आग्रह गर्नुभएको छ ।

सम्बन्धित खवर