अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बस्याल सम्मानित

पाल्पा । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा उत्कृष्ट युवाबाट कमल बस्याललाई सम्मान गरिएको छ ।

नेपाल परिवार नियोजन संघ पाल्पा शाखा र रोट्रयाक्ट क्लब अफ पाल्पा तानसेनको संयुक्त आयोजनामा दिवसका अवसरमा आयोजित सम्मान तथा अन्तरक्रिया कार्यक्रम बस्याललाई तानसेनमा सम्पन्न गरिएको हो ।

दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ, नवप्रबर्धन र उद्यमशीलतामा हरित सीप विकास भन्ने नाराका साथ आयोजित कार्यक्रममा यौन तथा प्रजनन् स्वास्थ्यका क्षेत्रमा सक्रिय युवा कमल बस्याललाई सम्मान गरिएको आयोजकले जनाएको छ ।

युवा बस्याललाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, नेपाल परिवार नियोजन संघ पाल्पाका सभापति सुशीलराज शाक्यलगायतले सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख खनालले युवालाई देशमा केही गरौ भन्ने भावना जगाउनुपर्ने अवस्था आएको बताउनुभयो । उहाँले युवाहरु विदेश पलायन अधिक भइरहेका बेला संघ, प्रदेश र स्थानीय तहले युवालाई स्वरोजगार बनाउने, उद्यमशीलतामा अघि बढाउने कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल परिवार नियोजन संघका शाखा प्रबन्धक सोवाकान्त न्यौपाने र रोट्रयाक्ट क्लब अफ पाल्पाका अध्यक्ष विक्रम सिंहले कार्यक्रमको उद्देश्य र विषयवस्तु बारेको प्रतुति राख्नुभएको थियो । उहाँहरुले युवाका विषयमा अवधारणा पत्र प्रस्तुत गर्दै युवालाई विभिन्न क्षेत्रमा काम गर्ने वातावरण निर्माणमा सबै पक्षको सहयोग आवश्यक रहने बताउनुभयो । युवालाई लक्ष बनाएर स्वदेशमै टिकाउने र विकाउने बनाउन सकेमात्र देशले छिटो विकासको फड्को मार्ने बताउनुभयो ।

जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले युवामा भएको विदेश जाने हुटहूटीको अन्त्यका लागि युवा लक्षित विभिन्न कार्यक्रम लागु गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरुलाई अब देशमा केही गर्न सकिन्छ भन्ने वातावरण तयार गर्नुपर्ने बताउनुभयो । कार्यक्रम नेपाल परिवार नियोजन संघ पाल्पा शाखा सभापति शुसिलराज शाक्यको अध्यक्षता भएको हो ।

सम्बन्धित खवर