
पाल्पा । जिल्ला अदालत पाल्पामा कुल मुद्दाको ५० प्रतिशत भन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा रहेका छन् ।
वैदेशिक रोजगारी, अशिक्षा, बहुविवाह, कम उमेरमै विवाह गर्नेलगायतका कारणले पाल्पामा सम्बन्ध विच्छेदका मुद्दा बढेको देखिन्छ । आर्थिक वर्ष २०७९/०८० मा कुल एक हजार १७ मुद्दामध्ये ४ सय ४३ थान मुद्दा सम्बन्ध विच्छेका रहेको जिल्ला अदालत पाल्पाका सुचना अधिकारी भेषराज खनालले जानकारी दिनुभयो ।
उँहाका अनुसार तीन वर्षको तथ्याङ्लाई हेर्ने हो भने सबैभन्दा बढि गत आर्थिक वर्ष २०७९/८० मा दर्ता भएका छन् । आर्थिक वर्ष २०७७/७८ मा २ सय २८ र २०७८/७९ मा ३ सय ७४ थान सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका थिए । २०७९/८० मा सम्बन्ध विच्छेदकै ४ सय ४३ थान मुद्दा दर्ता भएका छन् ।
निःशुल्क कानुनी सेवा, अदालतसम्म पुग्ने प्रक्रियाबारेमा जानकारीका विषयमा बढ्दो चेतनाका कारण मुद्दाको संख्या बढेको सुचना अधिकारी खनालको बुझाई छ । यस्तै पाल्पा जिल्ला अदालतमा विभिन्न शिर्षकमा गतवर्ष दर्ता भएका एक हजार १७ मुद्दा मध्य ७ यि २९ मुद्दम फस्यौट भएका छन् ।
अदालतमा दर्ता भएका कुल मुद्दाको ६५ प्रतिशत मुद्धा फस्यौट गर्नुपर्ने हुन्छ । सोही अनुसार चालु आर्थिक वर्षमा करिव ८ सयको हाराहारीमा मुद्दा फस्र्यौट गर्ने जिल्ला अदालत पाल्पाले लक्ष्य लिएको छ ।