
पाल्पा । नेपाल रेडक्रस सोसाइटी गौतमबुद्ध उपशाखा तानसेनको आयोजनामा नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखा भवन परिसरमा सुन्तला जातको विरुवा लगाउने कार्य सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला शाखाका सभापति बाबुराम कार्कीले वृक्षरोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । उहाँले धार्मिक दृष्टिकोणले महत्वपूर्ण मानिने अमरनारायण मन्दिर र संगै रहेको पानीको मूलको शीरमा गरिएको वृक्षरोपण कार्य आफैमा महत्वपूर्ण रहने बताउनुभयो । अध्यक्ष कार्कीले वृक्षरोपण कार्यले यो धार्मिक क्षेत्रको पर्यावरणीय स्वच्छता, जलचक्रको नियमन, जैविक विविधताको संरक्षण मा महत्वपूर्ण योगदान रहनेछ विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा उपाध्यक्ष तुम्ला बज्रचार्यले स्वगत,सचिव हरि रायमाझीले संचालन तथा सभापति चित्रवलिराम सुवालको अध्यक्षतामा चलेको हो ।