पाल्पा । पाल्पा र आसपास भई बहने केही स–साना नदीहरूमा बहाव बढ्न सक्ने भएकाले बाढी पूर्वानुमान् महाशाखाले सतर्कता अपनाउन अनुरोध गरेको छ।
वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।