पाल्पाका पचभैया पुरस्कृत

पाल्पा । पाल्पाका देव पचभैयालाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले सम्मान गरेको छ ।

‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट पचभैयालाई सम्मान गरिएको हो । फोनिजको स्थापना दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमका बीच पत्रकार पचभैंयालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले नगद र सम्मानपत्र प्रदान गर्नुभएको हो ।

पचभैया उज्यालोका पाल्पा संवाददाता तथा फ्लास नेपाल अनलाईन खबरका सम्पादक हुनुहुन्छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय