
सामुदायीक बहुसंचार केन्द्र मदनपोखरा पाल्पाको ९ औ साधारण सभा सम्पन्न भएको छ ।
सामुदायिक रेडियो मदनपोखराको मातृ संस्था सामुदायिक बहुसञ्चार केन्द्रको साधारण सभा गरिएको हो । सभाको उद्घाटन गर्दै तानसेन नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सोमनाथ अर्यालले सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो मदनपोखराको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । उहाँले नेपालका सञ्चार माध्यमको इतिहासमा सामुदायिक रेडियो मदनपोखराको छुट्टै पहिचान रहेको बताउनुभयो । वडाअध्यक्ष अर्यालले युवाहरुको साथ लिएर सुशासनको बाटोमा अघि बढेको रेडियोलाइ आफ्नो तर्फबाट सदैब सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभाको अबशरमा सामुदायीक रेडियो मदनपोखराका कार्यकारी निर्देशक तथा संचालक समितिका उपाध्यक्ष गुणाकर अर्यालले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिबेदन र आन्तरिक लेखा प्रशिक्षक छबिलाल भट्टराईले प्रस्तुत गर्नुभएको ४१ लाख रुपैया बराबरको आय व्यय बिवरण सर्वसम्मत रुपमा पारित भएको छ ।
सभाले आर्थिक बर्ष २०८०।८१को बजेट तथा कार्यक्रम स्वीकृत गर्दै लेखा परिक्षक नियुक्ति , संस्था दर्ता नबिकरण , बिधान संसोधन लगायतका बिषयमा पनि निर्णय गरेको छ ।
सभाका अबशरमा जिल्ला प्रशासन कार्यालय पाल्पाका मनोज आर्चाय , नागरिक समाज पाल्पाका अध्यक्ष बासुदेब अर्याल , कुल बहादुर नगरकोटी , जार्गती आमा समुहकी अध्यक्ष उमा खनाल लगायतले संस्थाको दिगोपनाका लागि शुभकामना दिनुभएको थियो ।
सभा सामुदायिक बहुसंचार केन्द्र मदनपोखराका सहसचिब घनश्याम घिमिरेको स्वागत , सचिब राजेश कुमार अर्याल को संचालन अध्यक्ष झपेन्द्र जिसिको अध्यक्षतामा सम्पन्न भएको हो ।