लागु औषध सहित एक युवक प्रहरी नियन्त्रणमा

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागु औषध सहित एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सर्लाही ईश्रपुर नगरपालिका १२ स्थायी घर बताउने २४ वर्षका कमल कुमार खड्कालाई तानसेन २ नारायणस्थान डेराबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

अबैध लागु औषध लुकाइछिपाई राखी बेच बिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा कोठामा खानतलासी गर्दा लुकाई छिपाइ राखेको अवस्थामा आलुगौषध फेला परेपछि खड्कालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्याल पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

विस्तृत विवरण हेर्नुहोस

सम्बन्धित खवर