पाल्पा । रिब्दीकोट गाउँपालिकाले हार्थोक छहरा सडक अन्तरगत मैदियासम्म मर्मत कार्य सुरु गरेको छ । यात्रामा निकै अप्ठेरो र जिर्ण अवस्थामा रहेको सडकको गाउँपालिकाले मर्मत सुरु गरेको हो ।
प्रदेश सरकार मातहत रहेको यो सडकमा वर्षातको भेलले खोलेका सानाठुला खाल्डाखुल्डीका कारण यात्रुलाई निकै सास्ती भएको महसुस गरी मर्मत थालेको गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले बताउनुभयो । कुल ८ किलोमिटर क्षेत्र रिब्दीकोट गाउँपालिकाको पर्ने यस सडकमा दुईवटा जेसिबी र ४ वटा टिप्पर प्रयोग गरी खाल्डाखुल्डी सम्याउने काम भइरहेको छ । करिब ८ लाख रुपैंयाको लगानीमा सडक मर्मत भईरहेको अध्यक्ष कार्कीले बताउनुभयो ।
नागरिकको सुविधामा सहजीकरण गर्न स्थानीय सरकार सदैब क्रियाशील रहेको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताउनुभयषे । उहाँले यो सडक प्रयोग गर्ने नागरिकले निकै दुख कष्ठ भोगेको देखेर गाउँपालिकाको स्रोतबाटै सडक मर्मत कार्यै गरिउको गाउँपालिका उपाध्यक्ष अधिकारीको भनाइ छ ।
यो सडक खण्डमा दैनिक कार्यगर्नका लागि ३ जना लेन्थम्यान पनी खटाइएको गाउँपालिकाले जनाएको छ ।