पाल्पामा व्यवसाय दर्तामा कमी

पाल्पा । गत आर्थिक वर्षमा जिल्लामा नयाँ व्यवसाय दर्ताको संख्यामा कमी आएको छ ।

साना लगानीमा सञ्चालन हुने उद्योग तथा व्यवसायको दर्ता स्थानीय तहबाट हुनथाले पछि घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा नयाँ फर्म दर्ता हुनेको संख्यामा कमी आएको हो । अहिले पाँच लाख पूँजिसम्मको व्यवसायिक फर्म दर्ता स्थानीय तहमै हुने गर्दछ ।

आर्थिक वर्ष २०७८/०७९ मा पाल्पामा उद्योग ५ सय २१ र वाणिज्य फर्म ३ सय ७१ गरी जम्मा ८ सय ९२ नयाँ व्यवसायिक फर्म दर्ता भएका थिए । यस्तै आर्थिक वर्ष २०७९/०८० मा उद्योग दुई सय १३ र वाणिज्य फर्म एक सय ८४ गरी जम्मा ३ सय ९७ नयाँ व्यवासायिक फर्म दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाले जानकारी दिएको छ ।

गत वर्ष उद्योगतर्फ उत्पादनमूलक १९ वटा, कृषि तथा वनजन्य एक सय ३३ वटा, पर्यटनमा ३६ वटा र सेवामूलक २५ वटा उद्योग नयाँ दर्ता भएको छ । अघिल्लो आर्थिक वर्ष सम्म सञ्चालनमा रहेका तीन हजार ८ सय ३३ उद्योग मध्ये १४३ वटा फर्म खारेज भएको प्रमुख भण्डारीले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय