कृषकहरू अकबरे खुर्सानी खेतीमा उत्साहित

पाल्पा । रिब्दिकोट ४ भैरवस्थानका कृषकहरु अकबरे खुर्सानी खेतीमा आर्कषित भएका छन् । पछिल्लाे समय अन्य खेतीमा बाँदर तथा अन्य वन्यजन्तुले क्षति गरिदिने भएपिछ यहाँका कृषक व्यवसायिक रूपमा अकबरे खुर्सानी खेतीमा लागेका हुन ।

खुर्सानी खेतीबाट राम्रो आम्दानी हुने भएपछि भैरवस्थानका ६५ कृषकहरु समूहमा मिलेर व्यवसायिक खेति सुरु गरेका हुन् । गाउँपालिकाको ५० प्रतिशत र समूहकाे ५० प्रतिशत अनुदानमा कृषकले अकबरे खुर्सानी खेतीको सुरुवात गरेका हुन ।

कृषकहरुले समूहगत रुपमा एक रोपनी जग्गामा एक हजार बिरुवा लगाएका छन् ।

सम्बन्धित खवर