
पाल्पा ।२९ औ विश्व आदिवासी जनजाति दिवस कार्यक्रम पाल्पामा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती संमन्वय समिति पाल्पाको आयोजना मा कार्यक्रम गरिएको हो ।
कार्यक्रम को उद्घाटन गर्दै कार्यक्रमका मुल पाहुना पाल्पा क्षेत्र नं २ (क) का लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर रानाले आफ्ना कुरा आफै भन्न नसक्दा आदिवासी पछाडी परेको बताउनुभयो ।
तानसेन १ गोर्खेकोटमा भएको कार्यक्रममा बोल्दै उहाँले सामाजिक सद्भाव खलबल्याउन कसैको अधिकार नभएको बताउनुभयो ।उहाँले युवाहरूलाई जागरुक गराइ सामाजिक सहिष्णुता कायम राख्न समेत आग्रह गर्नुभएको छ ।
कार्यक्रम मा पाल्पा क्षेत्र न १ (क) का लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रितिरिवाजलाई परिस्कृत गर्दै संस्कृति लाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टकंनाथ खनालले जबसम्म धनी र गरिव ,तल्लो जात र उपल्लो जात बिचको वर्ग कायम रहिरहन्छ समाज मा विभेद रहिरहने बताउनुभयो ।
पाल्पामा कृयाशिल राजनैतिक पार्टी को आदिवासी जनजाति को दलगत आधिकारिक धारणा समेत प्रस्तुत गरिएको कार्यक्रम मा नेपाली कांग्रेस पाल्पाका कार्यवाहक अध्यक्ष झपेन्द्र गैरे,नेकपा एमालेका अध्यक्ष धनेन्द्र राज घिमिरे , नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र बिक ,राष्ट्रिय स्वतन्त्र पार्टी का सचिव सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुल बहादुर कुँवर ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष बिशाल दर्लामी, नेकपा एकीकृत समाजवादीका सचीव मोहनलाल गैरे लगायतलेआफ्नो अधिकार प्राप्तिका लागी लड्दा अरुको अधिकारको बिषयलाई ख्याल गर्नुपर्ने बताएका थिए ।कार्यक्रममा बोल्दै नेता हरुले आदिवासी जनजाती दिवस मनाइनु को कारण बारे बोल्दै आदिवासी लाई दमन र शोषण गरेको खण्डमा आफुहरु ले नसहने बताउनु भयो । कार्यक्रम मा जनजातीको हक हितको लागि पार्टी सदैव लागीपरिरहने प्रतिबद्धता समेत नेताहरुले जनाएका छन् ।
कार्यक्रम नेपाल आदिवासी जनजाति संमन्वय समिती पाल्पाका अध्यक्ष गम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।१० पालिका रहेको पाल्पा जिल्लामा ६३.३७ प्रतिशत आदिवासी रहेका छन भने सबैभन्दा बढी मगर समुदाय को बाहुल्यता रहेको छ।