पाल्पा । निस्दी गाउँपालिका पाल्पाले आगामी साउन ३१ गते बुधबार वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ ।
गाउँपालिकाको आयोजनामा सञ्चालन हुने वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थिति जनाउन गाउँपालिकाले सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले सम्पन्न गरेका र आगामी वर्षका लागि स्वीकृत गरिएका योजना तथा कार्यक्रम बारे जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम राखिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो ।
विगत केही वर्षदेखि सार्वजनिक सुनुवाइलाई निरन्तरता दिएको निस्दी गाउँपालिकाले यस पटक गाउँपालिकाको बहुउद्देश्यीय हल बसेनीमा सन्चालन गर्ने जनाएको छ ।