पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ ।मङ्गलबार बिहान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको माथिबाट खसेको पहिरो हटाएर एकतफी रुपमा सवारी आवागमन सुरु भएको प्रहरीले जनाएको छ ।
तिनाउ गाउँपालिका वडा न. ३ ड्यामसाइट सिद्धबाबा सुरुङमार्गको उत्तरतर्फको प्रवेश विन्दुमाथि ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
लेदो र ढुंगासहितको पहिरो हटाउन सुरुङमार्ग आयोजनाको मेसिन प्रयोग गरिएको थियो। हाल एकतर्फी रुपमा सवार पास हुनेगरी सडक खुलाइएको दोभान प्रहरी चौकीले जनाएको छ । पहिरो हटाएपछि बिहानैदेखि सडकमा अलपत्र परेका यात्रुहरु गन्तव्यमा लागेका छन् ।