डेंगु संक्रमणबाट एकको मृत्यु

तानसेन । पाल्पामा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन नगरपालिका ६, बर्तुङ लामीडाडाँ निवासी ६९ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

गत साउन १६ गते संक्रमण पुष्टी भएको महिलाको स्वास्थ्य अवस्था सामान्य रहेका कारण घरमै आराम गदैँ आएको भएपनि पुनः स्वास्थ्यमा समस्या देखिएपछि युनाइटेड मिसन अस्पतालमा आएको र उपचारका क्रममा आइतबार बेलुका निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

यसैबीच पाल्पामा पछिल्लो समय डेंगुका संक्रमित बढेका छन् । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार साउन महिलामा मात्रै १३ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।

जिल्लामा पाल्पा र रामपुर अस्पतलसंगै तानसेनको मिसन अस्पताल , लुम्बिनी मेडिकल कलेजमा गरिएको परीक्षणमा मात्रै ४८ जना भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । तानसेन, रामपुर आर्यभन्ञ्याङ, सराईलगायतका स्थानमा रहेका निजी स्वास्थ्य संस्थालेसमेत डेंगु परीक्षण गर्ने हुँदा हाल जिल्लामा संक्रमितहरु अझै धेरै हुनसक्ने अनुमान स्वास्थ्य कार्यालयको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख डा.राजेन्द्र गिरीका अनुसार परीक्षणको दायरा वृद्धि गरेर तथा सचेतना फैलाएर डेंगु रोगको संक्रमणलाई कम गर्न सबै स्थानीय तहलाई अनुरोध समेत गरिदै आएको जानकारी दिनसभयो ।

पाल्पामा सन् २०२१ मा १४ जनामा संक्रमण देखिएकोमा २०२२ मा दुई सय ३३ जना र २०२३ को हालसम्म ४८ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयसंग तथ्यांक रहेको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण वर्षायामदेखि सुरु हुने गर्दछ । विगतमा तराईँमा मात्रै देखिने यो रोगको संक्रमण पछिल्लो सयम पहाडमा समेत बढेको स्वास्थ्यकर्मीहरुले भनाइ छ ।

सम्बन्धित खवर