लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठक

पाल्पा । लोकतान्त्रिक आदिवासी जनजाति महासंघको पाल्पाको तेस्रो जिल्ला बैठक सम्पन्न भएको छ । बैठकले नगरपालिका र गाउँपालिकामा भदौ र असोज महिना भित्र पालिकास्तरीय महासंघ गठन गर्ने, कात्र्तिक महिनामा जिल्लाका घटक संघहरुको कमिटी गठन गर्ने, जिल्ला पालिका स्तरीय महासंघलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने, सदस्यता मनोनित गर्ने, आर्थिक संकलन गर्नेलगायतको निर्णय गरेको छ ।

बैठकमा नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पार्टी स्थापना र पार्टीलाई यो स्थानसम्म ल्याउनमा आदिवासी जनजातिहरुको अमल्य योगदान रहेको बताउनुभयो । उहाँले जहाँ जनजातिहरुको बाहुल्यता रहेको छ त्यहा नेकपा एमालेको संगठन बलियो भएको बताउदै राज्य संचालनमा जनजाति समुदायको प्रतिनिधित्व बढाउनेगरी एमाले पार्टी अगाडि बढेको समेत बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले लुम्बिनी प्रदेशमा एमालेका २९ जना सभा सदस्य भएकोमा २ जना मात्र मगर समुदायका र अन्य ६÷७ जना मात्र आदिवासी जनजातिका सदस्य रहेको भन्दै हाम्रा जातिका युवाहरुलाई शिक्षा र समाजसेवा प्रति सचेत बनाउनुपर्ने बताउनुभयो । उहाँले संगठनहरुको विभागीय छलफलहरु अनिवार्य रुपमा गर्नु पर्ने आवश्यकता रहेको र महासंघलाई आÇनो क्षेत्रबाट सधैं साथ सहयोग गर्ने प्रतिव्यक्तता समेत व्यक्त गर्नुभयो ।

एमाले पाल्पाका उपाध्यक्ष देविलाल लामिछानेले पाल्पा जिल्ला आदिवासी जनजातिहरुको ९० प्रतिशत बसोबास गर्ने भएता पनि नेतृत्व तहमा अन्य जाति मात्र हुने भएकोले अब आदिवासी जनजातिहरु पनि नेतृत्व तहमा पुग्ने वातावरण सबैपक्षबाट बनाउनुपर्नेमा जोड दिनुभयो । महासंघ केन्द्रीय सदस्य ओम बहादुर घर्तीले महासंघको उद्देश्य पार्टी कार्यकर्ता बढाउने, पार्टीको बारेमा प्रशिक्षण गर्ने, आदिवासी जनजातिहरुलाइ नेतृत्व तहमा लैजाने, आदिवासी जनजातिको इतिहास हालको अवस्था र सुधार गर्नुपर्ने पक्षको पहिचान गर्ने रहेको भन्दै केन्द्रीय महासंघले गरेका निर्णयहरुको बारेमा जानकारी गराउनुभयो ।

अर्का केन्द्रीय सदस्य त्रिरत्नलाल शाक्यले सबै जिम्मेवार व्यक्तिहरुले तोकिए अनुसारको जिम्मेवार पूरा गर्नु पर्नेमा जोड दिनुभयो । बैठक जिल्ला महासंघका कोषाध्यक्ष थानिसरा सोमैको स्वागत, सचिव गणेश रानाको संचालन र अध्यक्ष कृष्ण बहादुर सारुको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित खवर