क्षयरोग कार्यक्रमको योजना तर्जुमा गोष्ठी

पाल्पा । रिब्दीकोट गाँउपालिका पाल्पाको आयोजनामा क्षयरोग कार्यक्रमको योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

स्थानिय तहका स्वास्थ्यकर्मीहरुको सहभागितामा भएको समीक्षा तथा योजना तर्जुमा गोष्ठी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनिल अधिकारीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै गत आर्थिक वर्षको २०७९/८० मा क्षयरोगी कति जना भए ? स्वास्थ्यकर्मी मार्फत दिएका सेवाहरु के कति उपलब्धी भयो र आगामी २०८०/०८१ का लागि तय गरिएका योजनाहरु के कस्ता रहेका छन् भन्ने विषयमा जानकारी गराउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले नागरिकको आधारभूत स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउने गरी योजना तयार गरिएको जानकारी दिनुभयो । उहाँले स्वस्थ नागरिकबाट मात्र समृद्ध गाउँपालिकाको परिकल्पना गर्न सकिने भएकोले स्वास्थ्य सेवालाई पहिलो प्राथमिकतामा राखेर गाउँपालिका अगाडि बढेको बताउनुभयो ।

गोष्ठीको सहजीकरण स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले गर्नुभएको थियो । उहाँले क्षयरोग न्यूनीकरणका लागि यस गाउँपालिकाले गरेका असल अभ्यासहरु प्रशंसनिय रहेको बताउँदै क्षयरोगीहरुको पहिचान, आवश्यक परामर्श, उपचार विधि, यस रोगको न्यूनीकरण र रोकथाममा स्थानीय तह र सम्बन्धित स्वास्थ्यकर्मीहरुको भूमिकाको बारेमा जानकारी गराउनुभयो ।

सम्बन्धित खवर