
तानसेन । पाल्पामा रहेका जग्गा तथा आवासको क्षेत्रमा काम गर्ने व्यवसायीहरु एकजुट भएका छन् । व्यवसायीहरुको तानसेनमा बसेको भेलाले जग्गा तथा आवास विकास संघ गठन गरेर एकजुट भएका हुन् ।
भेलाले कमलप्रसाद ढकालको अध्यक्षतामा सात सदस्यीय तदर्थ समिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा द्धारिका प्रसाद नेपाल, सचिबमा रमेशप्रसाद न्यौपानेल कोषाध्यक्षमा कमल रायमाझी रहुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा महेश शर्मा, उमानाथ घिमिरे र पदम राना रहुनुभएको छ । तदर्थ समितिले विधान निर्माण गरी दर्ता प्रकृया अगाडि बढाउने निर्णय भएको नवगठित तदर्थ समितिका अध्यक्ष कमल प्रसाद ढकालले बताउनुभयो ।