रेडक्रस उपशाखाको वार्षिक साधारण सभा

पाल्पा । नेपाल रेडक्रस सोसाइटी गौतमबुद्ध उपशाखा तानसेनको वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभामा नेपाल रेडक्रस सोसाइटी पाल्पा जिल्ला सभापति बाबुराम कार्कीले समाज सेवा गर्छु भन्नु र गर्नु फरक कुरा भएको बताउनुभयो । उहाँले समाज सेवामा लाग्नेहरु २४ घण्टा मानवीय सेवामा खटेर लागेको बताउनुभयो ।

जहाँ दुःख त्यहाँ रेडक्रस भन्ने भावबाट प्रेरित भएर सहयोगका लागि सधै तयारी अवस्थामा रेडक्रसकर्मी रहने अध्यक्ष कार्कीको भनाइ थियो । उहाँले उपशाखाहरु आफूले नै कार्यक्रमहरु तय गरी अभियानमा अगाडि बढ्नु पर्नेमा जोड समेत दिनुभयो । अध्यक्ष कार्कीले आगामी दिनमा निष्क्रिय रहेका उपशाखाहरु सक्रिय हुनुपर्ने बताउनुभयो । उहाँले अहिले पाल्पामा रक्तसमूह छुट्याउने र अभिलेखीकरण गर्ने कार्य अगाडि बढाइएको जानकारी गराउँदै यस कार्यमा गौतमबुद्ध उपशाखाको भूमिका अग्रणी रहने अपेक्षा राख्नुभयो ।

सभामा मानव मात्रको सेवा गर्न र विश्वबन्धुत्वको भावना अनुकूल मानवीय पीडा कम गर्ने उद्देश्यले स्थापना भएको रेडक्रसको सात सिद्धान्त अंगिकार गर्न सक्ने मात्र रेडक्रसको सदस्य बन्न सक्ने पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुभयो । उहाँले मानवीय सेवाको कार्यमा सहकार्य गरेर अगाडि बढन संघ तयार रहेको समेत बताउनुभयो । सभामा आजीवन सदस्य तुम्ला बज्राचार्यले आफू सानै उमेरदेखि रेडक्रसमा रहेर काम गर्ने ईच्छा अहिले पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।

सभामा उपशाखाका सचिव हरि रायमाझीले सांगठनिक वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शारदा कर्माचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सभा उपाध्यक्ष चित्रवलिराम सुवालको स्वागत, सचिव हरि रायमाझीको संचालन तथा उपशाखाका अध्यक्ष त्रिरत्नलाल शाक्यको अध्यक्षतामा भएको हो । सभाले नयाँ नेतृत्वका लागि उपशाखाको निर्वाचन साउन १९ गते गर्ने निर्णय समेत गरेको छ ।
भगवतीको रथयात्रा सम्बन्धी अवधारणा पत्र प्रस्तुत कार्यक्रम सम्पन्न

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय