स्वास्थ्य बीमाका विषयमा एमाले पाल्पाको ध्यानाकर्षण

पाल्पा । युनाइटेड मिसन अस्पताल तानसेन आगामी साउन २१ गते देखि स्वास्थ्य बीमाको सेवा स्थगित गर्ने सूचना प्रति नेकपा एमाले पाल्पाले ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले एक विज्ञप्ति सार्वजनिक गरेर गत वर्ष लुम्बिनी मेडिकल कलेज र यस वर्ष मिसन अस्पताललाई सेवा उपलब्ध गराए वापतको रकम भूक्तानी नदिएर बीमा बोर्डले अस्पताललाई सेवा स्थगनको सूचना प्रकाशन गर्न बाध्य बनाएकोमा ध्यानाकर्षण भएको जनाएको हो ।

सरकारले बिमितबाट बीमा शुल्क बापतको रकम असुल्ने तर स्वास्थ्य उपचार सेवा गरेको अस्पताललाई रकम भूक्तानी नदिएका कारण सेवा स्थगित गर्ने बाध्य बनाउँदा जनताको आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने संवैधानिक हकबाट वञ्चित हुनुपर्ने ठहर एमालेले गरेको छ ।

नेकपा एमाले पाल्पा जिल्लाका सबै स्वास्थ्य संस्थाबाट स्वास्थ्य बीमा कार्यक्रम निरन्तर रुपमा सञ्चालन हुने वातावरण तत्काल बनाउन सरकार समक्ष जोडदार माग गरेको छ । स्वास्थ्य बीमा कार्यक्रम मार्फत धेरै नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा लिइरहेको अवस्थामा क्रमिक रुपमा सेवा बन्द गर्न सरकार पक्षबाटै वातावरण सर्जिना हुनु गलत भएको बताउदै स्वास्थ्य बीमा कार्यक्रमको निरन्तरताका लागि जिल्लाका सबै राजीतिक दल एक भएर अगाडि बढनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय