पाल्पा । निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागमा पहिरो खसेको छ । गत साउन ८ गते तथा १३ गते राति खसेको पहिरोले सुरुङमार्गको दुवैतर्फको भागमा ठूलो क्षति पुर्याएको हो । आठ गते राति खसेको पहिरोले सुरुङमार्गको दुवै भागको टनेल खनेको स्थानको रिब भत्काएको छ ।
वर्षासँगै खसेको पहिरोले सुरुङ निर्माणको दुवैतर्फको प्रारम्भिक चरणको भागको रिब भत्किएको आयोजनाका प्रमुख राम पुकार जयसवालले जानकारी दिनुभयो । भर्खर आकार लिएको सुरूङमाथि पहिरो झरेपछि निर्माणको काम रोकिएको छ । दैनिक ८० जना कामदारले काम गर्दै आएको सुरूङमार्गमा पहिरोले काममा समस्या उत्पन्न गरेको हो ।
यस्तै दोभानतर्फको भागमा पुनः पहिरो खसेपछि आइतबार बिहादेख िदिउँसोसम्म राजमार्ग पूर्ण रुपमा बन्द भएका थियो । सुरुङमार्ग खनेको माथिबाट पुन पहिरो खसेर रामार्ग पूर्ण रुपमा बन्द हुँदा यात्रुहरु अलपत्र परेका हुन् । पहाडर तराई जोड्ने मुख्य सडक सामान्य वर्षा हुँनासाथ बन्द हुँदा यात्रुले दैनिक सास्ती खेप्नुपरेको गुनासो गर्दै आएका छन् । उक्त राजमार्गको मुख्य जोखिमको क्षेत्रमा सुरुङ निर्माणको थालनी भएपनि सोही क्षेत्रमा परिो खसेर सवारी आवागमन राृक्किदा यात्रुले थप सास्ती खेप्नु परेको गुनासो गर्दै आएका छन् ।
लुम्बनी र गण्डकी प्रदेश जोड्ने यो राजमार्गको पाल्पा–बुटवल सडक खण्डको सिद्धबाबा क्षेत्रमा बाह्रै महिना पहिरोको जोखिम हुने गर्दछ । सरकारले पाँच वर्षमा निर्माण सक्नेगरी निर्माण सुरु भएको सुरुङमार्गको जम्मा लम्बाई एक किलो मिटर १२६ मिटर रहने छ । हालसम्म पुरा डिपिआरसहितको स्वीकृत नभएको हुँदा प्रारम्भिक चरणको पूर्वाधार निर्माणका कार्यहरु आयोजनाले गर्दै आएको थियो ।