घुम्ती शिविरले स्थानीयलाई सहज

पाल्पा । रामपुर नगरपालिका वडा नं २ पाल्पामा वडास्तरिय घुम्ती सेवा शिविर सुरु भएको छ । वडाले घरदैलोमा नै नागरिकलाई सेवा उपलब्ध गराउन घुम्ती शिविर आयोजना गरेको हो ।

शिविरमा सामाजिक सुरक्षा भक्ताको परिचय पत्र, नविकरण, निवेदन फाराम संकलन, ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण, उपचार, पशु स्वास्थ्य परीक्षण उपचार सेवा दिइएको छ । वडाध्यक्ष कृष्णबहादुर दर्जीका अनुसार शिविरमा स्वास्थ्य जाँच सम्बन्धी स्वास्थ्यकर्मी सन्जु थापा, पशुस्वास्थ्य सम्बन्धी नायव पशु सेवा प्राविधिक उपेन्द्रकुमार पण्डित लगायतले सेवा दिनुभएको हो ।

अत्रवासमा ३५ जना ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण गरी औषधि सेवा लिनुभएको छ भने पशुस्वास्थ्य शिविरमा एक सय गाईभैसी, बाख्रा, बंगुरलाई जुकामाटेको औषधि वितरण, सामाजिक सुरक्षा भक्ता ३३ जनाको नविकरण गरिएको वडा सचिव बासुदेव ढकालले जानकारी दिनुभयो ।

गाउँघरमा नै उच्चरक्तचाप , सुगर, दम, झाडापखाला, ज्वरो, रुघाखोकीको उपचार तथा औषधि सेवा, सामाजिक सुरक्षा भक्ता नविकरण, पशुचौपायालाई जुकामाटेको औषधि सेवा लिन पाउँदा स्थानीयवासी खुसी भएका छन् । शिविरबाट विहिवार अत्रवासटोलमा छुटेका नागरिकलाई सेवा वडा कार्यालयबाट दिने र शुक्रबार तिलिङ्डाँडा क्षेत्रमा शिविर चलाइने वडाध्यक्ष दर्जीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय