पाल्पा अस्पतालकाे निःशुल्क एम्बुलेन्स सेवा

पाल्पा । पाल्पा अस्पतालले बिरामीका लागि निःशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउने भएको छ ।

अस्पतालले न्यूनतम मापदण्ड पूरा गरेर भर्ना भएका बिरामीलाई घर फर्कदा निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउन लागेको पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले जानकारी दिनुभयो । उहाँले पाल्पाको सरकारी अस्पतालको सेवा प्रभावकारी भएको बुझाउन र सेवा लिने वातावरणका लागि निःशुल्क रुपमा एम्वुलेन्स सेवा दिने निर्णय गरिएको बताउनुभयो ।

अध्यक्ष आत्रेयले सुरुमा एक महिना परीक्षणका रुपमा भर्ना भएका बिरामीमा मात्र लागु हुने निर्णय भएपनि मासिक खर्चको नतिजा हेरेर पाल्पा अस्पतालमा सेवा लिन आउने सबै बिरामीका लागि निःशुल्क एम्बुलेन्स सेवाका विषयमा छलफल गरी उचित निर्णयमा पुग्ने समेत बताउनुभयो ।

सम्बन्धित खवर