करेन्ट लागेर एकको मृत्यु

पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका वडा नं ३ झिरवास देउरालीका ४२ वर्षीय गोविन्द बरम्ले रहेको प्रहरीले जनाएको छ । उनले शनिबार बेलुका आफ्नै घर नजिकको खेतमा मोटरबाट पानी तान्ने क्रममा अचानक करेन्ट लागर घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।

घटनापछि इलाका प्रहरी कार्यालय मुझुङ्ग र जिल्ला प्रहरी कार्यालय पाल्पाको अनुसन्धान अधिकृतसहितको टोलीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पाल्पा प्रहरीका सूचना अधिकारी भुपेन्द्र थापाका अनुसार शव पोष्टमार्टमका लागि पाल्पा अस्पतालमा पठाइएको छ ।

सम्बन्धित खवर