जोनको गत आर्थिक वर्षको प्रगति र खर्च सार्वजनिक

पाल्पा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाई पाल्पाले आर्थिक वर्ष २०७९/८० को खर्च सार्वजनिक गरेको छ ।
एक आर्थिक वर्षमा सम्पादन गरेको कार्यप्रगति प्रस्तुति सहित भएको सार्वजनिक कार्यक्रममा गएको आर्थिक वर्षमा पूंँजिगततर्फ ६४ दशमलव ९७ प्रतिशत र चालु खर्चतर्फ ५८ दशमलव ३८ प्रतिशत वित्तीय प्रगति भएको कार्यालय प्रमुख टुकबहादुर थापाले जानकारी गराउनुभयो ।

पाल्पा जिल्लामा तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिका भित्रका २१ वडामा तरकारी जोन कार्यक्रम सञ्चालन हुँदै आएको छ ।
यस्तै गरी रैनादेवी छहरा, रिब्दीकोट, तानसेन र बगनासकाली गाउँपालिकाका विभिन्न २४ वटा वडामा सुन्तलाजात फलफूल जोन र निस्दी, पूर्वखोला, बगनासकाली र रामपुर नगरपालिका भित्रका १५ वडामा अदुवा बेसार जोन कार्यक्रम सञ्चालन गरिएको कार्यालय प्रमुख थापाको भनाइ छ । जस अन्तर्गत तरकारी जोनमा ३ सय ३०, सुन्तलाजात फलफूल जोनमा ६३ र अदुवा बेसार जोनमा २२ सहकारी, समूह, निजी उद्यमी, व्यावसायीहरुको सहभागिता रहेको छ ।

गत आर्थिक वर्षमा एकाई मार्फत चक्लाबन्दीमा आधारित खेतीका लागि अनुदान, प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायीक उत्पादन कार्यक्रम संचालन अनुदान, जोन सुपर जोन प्रभाव क्षेत्रमा सुन्तला क्षेत्रफल विस्तार कार्यक्रम, भण्डारण, प्रथामिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना, सुन्तलाजात फलफूल नर्सरी स्थापना तथा सुदृढीकरण, सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सुधार, तरकारी बजारीकरण सहयोग, भण्डारण, प्रथामिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना, स्थायी÷अस्थायी ई प्लाष्टिक घर निर्माण सहयोग कार्यक्रम, वातावरण मैत्रि फेरोमोन ट्राप वितरण तथा प्रदर्शन, अनुदानमा मल्चि· वितरण, अदुवा÷बेसार बीउ खरिदमा अनुदान, भण्डारण, प्राथमिक प्रशोधन वा प्रशोधन उद्योग स्थापना, बाली वस्तु विशेष स्थलगत तालिम र बाली संरक्षण सेवालगायतमा अनुदान सहयोग तथा प्राविधिक रुपमा सहजीकरण गरिएको कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत थापाले जानकारी दिनुभयो ।
कार्यक्रम भएर पनि विभिन्न कारणले गर्दा जोन क्षेत्रमा उत्पादन हुने मसलाको प्राङगारीक उत्पादन तथा बजारीकरणका र प्रशोधनका लागि प्रशोधन कर्ता तथा विदेश निर्यातकर्ता तथा उत्पादक बीच गोष्ठी, जोन÷सुपरजोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग, बगंैचा सुदृढीकरण अभियान तथा बाली संरक्षण सेवा (निलोतुथो, चुन, खनिज तेल, जैविक विषादी अनुदान) र जिल्लास्तरीय विषयगत कार्यालय एंव स्थानीय निकायका कृषि तथा पशुपंछी विकास शाखामा कार्यरत प्राविधिक कर्मचारीहरुका लागि कार्यक्रमको हाल सम्मको उपलव्धि अवस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम र क्षेत्रगत किरा नियन्त्रण कार्यक्रम गर्न नसकिएको उहाँले बताउनुभयो ।

कार्यक्रममा बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती चिदीले कृषिमा लगानी अनुसारको प्रतिफल लिन नसकिएको बताउनुभयो । उहाँले योजनावद्ध रुपमा उत्पादनको सम्भावना भए अनुसार समन्वय र सहकार्यमा काम गर्दा उपलब्धी हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले अनुदान प्राप्त समूहका कृषकहरुलाई संस्थागत रुपमा अगाडि बढाउने योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । यस्तै गरी निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले ज्ञान र सीपका साथ अनुभव प्राप्त कर्मचारी नहुँदा कृषि क्षेत्रमा देखिनेगरी काम गर्न नसकिएको बताउनुभयो ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुक्मा·गत भट्टराईले परम्परागत रुपमा गरिने खेती प्रणालीका कारण समस्या भएको बताउनुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले कृषि क्षेत्रमा निरन्तर लगानी भएपनि त्यसबाट कति रोजगारी सिर्जना भयो, कति उद्यमी भए भन्ने एकिन गर्न नसकिएको बताउनुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका जिल्ला समन्वय अधिकारी जनार्दन अधिकारीले कृषकहरुलाई टिकाउने गरी स्थानीय तह, प्रदेश र संघीय निकायहरु समन्वयात्मक रुपमा कार्यक्रम तर्जुमा गर्नुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले बजेट खर्च हुँदैमा उपलब्धी मान्न नसकिने बताउनुभयो । उहाँले खर्च अनुसार कृषि क्षेत्रको विकास र कृषकहरुको आयआर्जनमा भएको वृद्धिको मापनले मात्र उपलब्धी सुनिश्चित हुने बताउनुभयो ।

सम्बन्धित खवर