पाण्डेको स्मृतिमा वृक्षरोपण

पाल्पा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी पाल्पाका अध्यक्ष खिमानन्द पाण्डे (कमल) को स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको छ ।
स्वर्गीय पाण्डेको सम्झनामा परिवारका सदस्यहरुले कमल पाण्डे स्मृति कोष स्थापना गर्ने घोषणा समेत गरेका छन् । १२ औं दिनको पुन्यतिथीका अवसरमा आयोजित वृक्षरोपणका बोधिवृक्ष, कपुर, श्रीखण्ड, रूद्राक्षका बिरुवा लगाइएको थियो ।

स्मृति कोषबाट विभिन्न सामाजिक कामहरु गरिने स्वर्गीय पाण्डेका छोरा शंकर पाण्डे बताउनुभयो । यस वर्ष कोषबाट पाण्डेको स्मृति ग्रन्थ प्रकाशन गर्ने जनाएको छ ।

बगनासकाली गाउँपालिका वडा नं. १ पिप्ले निवासी अध्यक्ष पाण्डेको हृदयघातका कारण ५२ वर्षको उमेरमा गत असार २२ गते निधन भएको थियो ।

सम्बन्धित खवर