जन्मोत्सवको अवसरमा दृष्टिविहिनका लागि अक्षयकोष स्थापना

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाका कार्यसमित सदस्य तथा मिडिया उद्यमी खेमराज पाण्डेले दमकडा माध्यमिक विद्यालयका दृष्टिविहिन विद्यार्थीका लागि अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

तानसेन १० तेल्घा निवासी पाण्डेयले आफ्नो जन्मोत्सवको अवसरमा तानसोन ९ दमकडामै पुगेर दृष्टिविहिन विद्यार्थीका लागि ५ हजार ७ सय २५ रुपैंया बराबरको अक्षयकोष स्थापना गरिदिनुभएको हो ।

पाण्डेयले हरेक वर्षको जन्मदिनमा नयाँ केही गर्ने र सामाजिक सेवामा सहयोग गर्ने गरेको बताउदै यस पटक दृष्टिविहिन विद्यार्थीहरुको उत्प्रेरणाका लागि आफ्नो जन्मदिनमा अक्षयकोष स्थापना गरेको बताउनुभयो । उहाँले सानो रकमले दृष्टिविहिन विद्यार्थीहरुको पढाई र जीवनयापनमा सहयोग पुग्ने भएकोले विद्यालयमा अक्षयकोष स्थापना गरेको बताउनुभयो ।

दमकडा नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन प्रसाद सापकोटाले विभिन्न पार्टी र भोजहरुमा गर्ने खर्च दृष्टिविहिन विद्यार्थीहरुका लागि हस्तान्तरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो । प्रधानाध्यापक सापकोटाले अक्षयकोषको रकम उचित र विद्यार्थीको हितमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर