रैनादेवी छहरामा हेलिप्याड

रैनादेवी छहरा गाउँपालिका वडा नं. ४ वडामा रहेको तिलकथान पार्कमा हेलिप्याड निर्माण गरिएको छ । तानसेनमा रहेको नेपाली सेनाको दि फेमस महिन्द्र दल गणको सहयोगमा हेलिप्याड निमार्ण गरिएको हो ।

नेपाली सेनाको दी फेमस महिन्द्र दल गणद्वारा निर्मीत नाइट ल्यान्डिङ हेलिप्याड निर्माण सम्पन्नपछि गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष रुक्मांगत भट्राईले विपद्मा परेका, जटिल अवस्थाका गर्भवती र सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली सेनाले छहरा क्षेत्रमा हेलीप्याड निमार्ण गर्दा सैनिक र नागरिक बीचको सम्बन्ध सुधारमा थप टेवा पुग्नुका साथै हेलिप्याड निर्माणबाट रैनादेवी छहरा र पुर्वी अर्घाखाचीका नागरिकहरु लाभान्वित हुने रैनादेवी छहरा ४ का वडाध्यक्ष गोविन्द रायमाझीले बताउनुभयो । हेलिप्याड ८ लाख ४५ हजार रुपैयाकोलागतमा नेपाली सेना मार्फत खर्च गरेर निर्माण गरिएको हो ।

सम्बन्धित खवर