प्रधानमन्त्री भेट्न पुगेका अमेरिकी सहायक विदेशमन्त्रीले सीतालाई दिए श्रद्धाञ्जली

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बालुवाटार पुगेका छन् । शुक्रबार दिउँसो मात्रै नेपाल आइपुगेका लुले साँझ प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । यस क्रममा लुले प्रधानमन्त्री पत्नी स्व. सीता दाहालको तस्बिरमा श्रद्धाञ्जली अर्पण गरे । उनी एमसीसी कार्यान्वयनसहितका मुद्दा लिएर एक दिने नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका हुन् ।

आजै उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री एनपी साउद र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरिसकेका छन् ।

सम्बन्धित खवर