पाल्पा । माथागढी १ चिदीपानीको जाउपोखरा र धैरेनीमा होम स्टे निर्माण र सञ्चालनको विषयमा अध्ययन अनुसन्धान विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा होम स्टे महासंघ नेपालका उपाध्यक्ष धनिश्वर बस्याल र गेट अप पाल्पाका उपाध्यक्ष मनमोहन श्रेष्ठले आत्मीय गाउँले व्यवहार, सरसफाइ एवं स्थानीय अर्गानिक परिकारको स्वाद तथा संस्कृति अवलोकन नै ‘होमस्टे’ को मुख्य आकर्षण भएको बताए । उनीहरुले होम स्टेको सम्भावना, चुनौती, अवसर, नमुना होमस्टेका असल अभ्यास, सकारात्मक प्रभाव, प्राप्त हुने अवसर, व्यक्तिगत र सामूहिक आर्थिक विकास, स्वास्थ्य सरसफाई, मगर संस्कृतिको पहिचान संरक्षण र प्रर्वद्धन र सामूहिक भावनाको विकासका विषयमा सहजीकरण गरे ।
वडा कार्यालयले पहिलो चरणमा धैरेनीमा होम स्टे सञ्चालनको तयारीमा रहेको वडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिए । उनले क्रमिक रुपमा सम्भावना भएको जाउपोखरामा पनि घरबास कार्यक्रम सुरु गरिने बताए । धैरेनी क्षेत्रमा एक सय २३ घरधुरी रहेका छन् । मगर बस्ती रहेको यहाँ तीन वटा आमा समूह छन् । कला संस्कृतिको संरक्षण, झ्याउरे, पुरानो सालैजो, कौडा नाँचलगायत स्थानीय संस्कृतिको संरक्षणमा लागि परेका समुदायको अग्रसरतामा होम स्टे सञ्चालन गर्ने तयारी भएको वडाध्यक्ष पन्थीले बताए । उनका अनुसार आवश्यक भौतिक पूर्वाधारमा लगानी गरिएको छ । सडक पहुँचका लागि नमूना बस्ती मोटरबाटो, स्वास्थ्य क्षेत्रका लागि सामुदायिक स्वास्थ्य एकाई स्थापनाका साथै सहरी विकास मन्त्रालय मार्फत धैरेनी नमूना मगरबस्ती विकास योजना सुरु भएको बताए ।
वडाध्यक्ष पन्थीले होम स्टे मार्फत पर्यटन विकास, भाषा संस्कृतिको पहिचानसंगै समुदायको दिगो आर्थिक विकास सम्भव रहेको बताए । सिद्र्धाथ राजमार्गको बर्तु· राम्दी सडक खण्डमा पर्ने धैरेनी गाउँमा पाहुनालाई बास बसालेर स्थानीय कला संस्कृतिको प्रर्दशन, स्थानीय उत्पादन खुवाउने र अर्को दिन रानीमहलदेखि राम्दीसम्म ¥याÇिट· गराउने साथै स्थानीय कोटदेवी र बुडिकोट मन्दिरमा दर्शन समेत गराएर धार्मिक पर्यटनको विकास गर्ने योजना रहेको वडाध्यक्ष पन्थीले सुनाए ।
पछि परेको धैरेनी गाउँको विकासका लागि वडा कार्यालयले पूर्वाधार विकास सहित आर्थिक विकासका लागि होम स्टे सञ्चालनमा सहयोग गरेकोमा पोखरडाँडा आमा समूहकी अध्यक्ष निरमाया गाहाले खुसी व्यक्त गरिन् । उनले भएको सम्भावनालाई व्यवस्थापन गरेर पाहुनाको सेवासंगै आर्थिक आयआर्जनमा मद्दत गर्ने गरी हुन लागेको कामको प्रशंसा समेत गरिन् ।
कार्यक्रममा जाउपोखरा र धैरेनीका करिब ७५ जना सांस्कृतिक पहिचान सहितका जनताको सहभागिता रहेको कार्यक्रममा माथागढी गा.पा.का कार्यपालिका सदस्य तुल्सा न्यौपाने वडा सदस्यहरु टोल बहादुर मश्रा·ी र डुकुल बहादुर गाहाको समेत उपस्थिति रहेको थियो ।