
दयाराज न्यौपाने
प्रेस चौतारी नेपाल पाल्पा शाखाको आयोजनामा जननेता स्वर्गीय मदन भन्डारीको ७२ औ जन्मजयन्तीको अवसरमा चौतारी बुलेटिनको तेस्रो अंक सार्वजनिक तथा जनताको बहुदलीय जनवाद विषयक संवाद कार्यक्रम तानसेनमा सम्पन्न गरेको छ ।
पाल्पाका दश स्थानीय तहको आर्थिक वर्ष २०७९÷८० मा सम्पादन गरेका मुख्य उपलब्धी समावेश गरी नियमित प्रकाशनमा रहेको चौतारी बुलेटिन नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे सहित उपस्थित पाहुनाहरुले संयुक्त रुपमा सार्वजनिक गरेका हुन ।
संवाद कार्यक्रमका नेकपा एमाले पाल्पाका अध्यक्ष घिमिरेले जननेता मदन भण्डारीको जीवनी र जनताको बहुदलीय जनबादका विषयमा आफ्ना भनाइ राखे । उनले दुरदर्शिता र परिकल्पनाकार नेताको रुपमा नेता भण्डारीले नेपालको कम्युनिष्ट आन्दोलनमा खेल्नुभएको भूमिका र योगदानको चर्चा समेत गरे ।
भण्डारीको जन्म २००९ असार १४ गते ताप्लेजुङमा भएको थियो। नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्त प्रतिपादन गरेका थिए । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको अध्यक्ष घिमिरेले बताए ।
भण्डारीले २०४९ सालको महाधिवेशनमा पेस गरेको जबजको सिद्धान्तलाई तत्कालीन नेकपा एमालेले पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागु गरेको थियो। भण्डारी र एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा रहस्यमय निधन भएको थियो। संवाद कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल , प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका सह इन्चार्ज कमलराज तिमिल्सिनालगायतले स्वर्गीय भण्डारीले युवा अवस्थामै देश र जनतालाई पु¥याउनु भएको योगदानको विषयमा आफ्ना भनाइ राखेका थिए । उनीहरुले सिद्धान्त र विचारको आलोकमा आफ्ना व्यवहारहरु परिर्वतन गर्दै जानुपर्ने समेत बताए । कार्यक्रम सचिव नारायण न्यौपानेको संचालन तथा जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा चलेको हो ।