पूर्वखोलाका योजनामध्य ९८ प्रतिशत कार्यान्वयन

पाल्पा । पूर्वखोला गाउँपालिका पाल्पाको चालु आर्थिक वर्षमा ९८ प्रतिशत योजना सम्झौता भएर कार्यान्वयन भईरहेको गाउँपालिकाले जनाएको छ । यस वर्ष कूल योजना ३ सय १ मध्य २ सय ९४ सम्झौता भएर कार्यान्वयनमा आएका हुन् ।

यसका साथै छनोट भएका ६६ वटा कार्यक्रममध्य ४३ वटा सम्झौता भएर काम भएको छ । कार्यक्रम तर्फ ६५ प्रतिशत कार्यान्वयनमा आएको छ । अहिलेसम्म दुई सय ४७ योजना र ३२ वटा कार्यक्रम फरफारक भएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर सारुले बताए । उनले प्रतिशतका आधारमा योजनाको प्रगति ८४ प्रतिशत रहेको बताए । योजनाको काम गर्दा कानुन अनुसार साना योजना उपभोक्ता समिति र ठूला योजना ठेक्का प्रकृयाबाट गर्ने गरिएको प्रमुख प्रशासकीय अधिकृत सारुको भनाइ छ ।

यस वर्ष संघीय समपुरक बजेटमध्य ठेक्का प्रकृयाबाट १ करोड २ लाखमा रिङनेरह ढाक्रेबास मोटरबाटो स्तरउन्नतीको काम भएको छ । अहिलेसम्म यस सडकको ९१ प्रतिशत प्रगति भएको छ । ६१ लाखमा ठेक्का सम्झौता भएर काम भईरहेको सेर्काबास हेक्ला· मोटबाटो स्तरोन्न्नतिको कामको प्रगति ८५ प्रतिशत पुगेको छ । यस्तै प्रदेश समपुरक बजेटबाट काम भइरहेको विरकोट गेझा मोटरबाटो स्तरोन्नतिको काम पनि तीव्र रुपमा भएको छ । यस सडकको प्रगति ९४ प्रतिशत रहेको छ । ७६ लाखमा सडक स्तरोन्नतिको काम भएको छ । रिङनेरह जल्पा मोटरबाटो स्तरोन्नतिको ९२ प्रतिशत काम भएको छ । यो योजनाको ९७ लाख ९८ हजारमा काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको प्रशासकीय भवनको ९० प्रतिशत भौतिक प्रगति भएको छ । १५ शैयाको अस्पतालको प्रगति अहिलेसम्म ४० प्रतिशत भएको छ । अहिले सम्म चालु खर्चको प्रगति ७० प्रतिशत र पँुजिगत तर्फको ५८ प्रतिशत खर्च भएको छ । पँुजिगततर्फ १७ करोड बढी बजेट विनियोजन भएको थियो । सम्पन्न भएका योजनाको समयमा फरफारक गर्न नआउनु, ठेक्काबाट भएको कामको भुक्तानी अन्तिममा हुनु र ठेक्का कम मूल्यमा लिने गरेकोले पँुजिगत खर्च कम देखिएको प्रमुख प्रशासकीय अधिकृत सारुले बताए । असार मसान्त सम्ममा खर्चको प्रतिशत बढेर ७५ भन्दा माथी पुग्ने बताए ।

गाउँपालिकाको प्रत्येक वडामा प्राविधिकरु रहेका छन् । योजनाको अनुगमन र फरफारकमा समस्या छैन । दरबन्दी अनुसार कर्मचारी व्यवस्थापन नहुँदा दैनिक सेवा प्रवाहमा समस्या भएपनि उपलब्ध जनशक्तिबाट व्यवस्थापन गरिएको छ । गाउँपालिकाले सामाजिक विकास सहित शिक्षा, स्वास्थ्य र कृषि पशुपालन क्षेत्रमा बढी प्राथमिकता दिएर काम गरेको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताए । उनले सिमित स्रोत साधन र नागरिकको असिमित आवश्यकता हुँदा एकै पटक सम्बोधन गर्न नसकिएको बताए । अध्यक्ष थापाले आन्तरिक आम्दानीमा क्रमिक रुपमा बढाउँदै लगिएकोले क्रमशः जनताको माग र आवश्यकता अनुसार काम गरिने बताए । गाउँपालिकाले शिक्षाको सुधारका लागि पूर्वाधार निर्माण तथा शिक्षामा एकरुपता ल्याएको छ । यसका साथै कृषकहरुका लागि प्रविधि हस्तान्तरण सहित निर्वाहमूखी कृषिलाई व्यवसायिक बनाउँदै लगेको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाले समयमै उपभोक्ता समितिलाई तालिम दिएर काम सुरु गर्दा प्रभावकारी भएको छ । यसका साथै योजनाको सम्झौता वडा तहबाटै गर्दा नागरिकलाई सहज भएको छ  । विभिन्न सेवा सहित घुम्ती सेवा मार्फत सेवा प्रवाह गरिएको सूचना अधिकारी मोहन ढकालले बताए । सार्वजनिक जवाफदेहिता प्रवद्र्धनका लागि सार्वजनिक सुनुवाइ, गाउँपालिकाको पञ्चवर्षीय आवधिक योजना निर्माणको चरणमा रहेको छ । यसका साथै गाउँपालिकाको तीन वर्षे मध्यकालिन खर्च संरचना, राजस्व सुधार कार्ययोजना र क्षमता विकास योजनाको काम अन्तिम चरणमा रहेका छन् । गाउँपालिकाले जग्गा वर्गीकरणको काम असार मसान्त सम्ममा सक्नेगरी काम गरेको सूचना अधिकारी ढकालले बताए ।

सम्बन्धित खवर