समन्वय समितिको राजनीतक दल र पत्रकार बीच भेटघाट

पाल्पा । जिल्ला समन्वय समिति पाल्पाले पदभार सम्हालेको एक वर्षको अवसरमा राजनीतिक दल र पत्रकार बीच भेटघाट कार्यक्रम गरेको छ । पद वहाली भएको एक वर्षमा सम्पादन भएका कामको प्रगति सार्वजनिकसंगै समीक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको प्रमुख टंकनाथ खनालले बताए । उनले कार्यसम्पादनमा क्रममा जिल्ला समन्वय समितिको भूमिका प्रति प्रश्न उठने गरेकोले पत्रकार तथा राजनीतिक दलहरुको स्पष्टताका लागि कार्यक्रम सफल बन्ने विश्वास व्यक्त गरे । प्रमुख खनालले आवश्यक सहयोग, समन्वय र सहकार्यको वातावरण तयार गर्न काम प्रति सरोकारबालको पृष्ठपोषण आवश्यक रहेको समेत बताए ।

भेटघाट कार्यक्रममा नेपाली कांगस्रेका कार्यवाह सभापति झपेन्द्र गहिरेले पाल्पाको विकासका लागि सबै राजनीतिक दल एक भएर अगाडि बढनु पर्ने बताए । उनले राजनीतिमा फरक फरक आस्था भएपनि सबैको समन्वयमा काम गर्ने समितिलाई सहयोग गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए ।

नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले पछिल्लो समयमा समन्वय समिति जिम्मेवारी र भूमिका अनुसार क्रियाशील रहेको बताए । उनले विकास र समृद्धिका लागि सबै दल र संयन्त्र मिलेर अगाडि जानुपर्ने बताए । उनले जिल्लामा भएको प्राकृतिक स्रोतको दोहन, शिक्षा, स्वास्थ्य खानेपानी, विद्युतलगायतका विषयमा देखिएको बेथितीको अन्त्यका लागि नेकपा उमाले जिम्मेवारीपूर्वक ढंगबाट लाग्ने बताए ।

नेकपा माओबादी केन्द्रका सचिव मधुरा ढकालले अधिकार अनुसार भएको कार्यसम्पादनको प्रगति सन्तोषजनक रहेको बताए । उनले स्थानीय सरकार जुन राजनीतिक दलको छ त्यहि दलको नेतृत्वमा काम गर्ने वातावरण बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले अहिले बजेट निर्माणको समय भएकोले पथमिकताका आधारमा बजेट निर्माणका लागि समन्वय गर्नुपर्नेमा जोड दिए ।

राष्टिय स्वतन्त्र पाटीका जिल्ला सचिव सुमन गैरेले आवश्यकता भन्दा पहुँचका आधारमा प्राप्त हुने विकास योजनाको कार्यान्वयन अवस्था कमजोर हुने बताए । उनले माग र आवश्यकताका आधारमा बजेट आउने परिपाटी तयार गर्नुपर्नेमा जोड दिए ।

राष्टिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवरले जसले योजना सञ्चालन गर्ने हो त्यहि निकायबाट हुने अनुगमन प्राभावकारी नहुने बताए । उनले गुणस्तरीय काम भएनभएको कुरा प्राविधिक टोलीलाई ज्ञान हुनेभएकोले प्राविधिक सहित अनुगमन गर्नुपर्ने बताए ।

राष्टिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामीले जिल्ला समन्वय समितिको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताए । उनले चुनढुंगा खानीले सडक र पर्यावरण ध्वस्त पारेकोले यस विषयमा गम्भीर भएर नियमनको काम गर्नुपर्ने बताए ।

नेकपा समाजबादीका सचिव मोहनलाल गैरेले सडक र पूर्वाधार क्षेत्रमा अलिबढी अनुगमनको आवश्यकता रहेको बताए । उनले पूर्वाधारको टेण्डर कम मूल्यमा लिने र कमसल सामग्री प्रयोग गर्ने गरेकोले यस विषयमा विशेष ध्इान दिनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघका अध्यक्ष रेखिराम रानाले समन्वय समितिले एक वर्षमा गरेका कामको सार्वजनिक गर्नु सकारात्मक भएको बताए । उनले अधिकारका हिसावले समन्वयका साथमा सल्लाह र सुझाव दिने भएकोले दोस्रो चरणको फलोअप र कारबाहीका विषयमा चासोका साथ दिएर काम गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द भटराईले समन्वय समितिकको भूमिका नियमनको नभै अनुगमनको मात्र हुँदा पनि समस्या देखिएको बताए । उनले सुशासन र पारदर्शीताका लागि समन्वयात्मक रुपमा अनुगमनलाई प्रभावकारी बनाएर लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक माधवप्रसाद अर्यालले अनुगमनका क्रममा प्राप्त त्रुटी सुधारका लागि स्थानीय सरकारसंग समन्वय गर्नुपर्ने बताए । उनले जिल्लाको महत्वपूर्ण सडकहरुको स्तरोन्नतिका सवालमा राजनीतिक दलहरुले काम नगरेको, मिडियामा उठान भएका विकास र वेथितिका सवालमा चासो नदिएको बताए ।

उपप्रमुख काशीका गैरेले स्वागत गरेको कार्यक्रममा जिल्ला समन्वय अधिकार जनार्दन अधिकारीले एक वर्षमा गरिएका अनुगमन, कारबाहीको सिफारिस, छलफलको विवरण प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय