मञ्चको सदस्यता खुल्ला

पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय समिति पाल्पाले सदस्यता खुल्ला गरेको जनाएको छ ।

मञ्चको सदस्यता विस्तार गरी थप क्रियाशील बनाउने उद्देश्यले कार्य समितिको बैठकको निर्णय अनुसार सदस्यता खुल्ला गरिएको सचिव विजयकुमार बौडेलले जानकारी दिए । असार १ गते शुक्रबार एक सूचना जारी गरेर मञ्चको विधान अनुसार योग्यता पुगेका इच्छुक खेलकुद पत्रकारहरुलाई सदस्यताका लागि निवेदन पेश गर्न आग्रह गरिएको छ ।

सामान्यतया खेलकुद पत्रकारिता क्षेत्रमा कलम चलाएको वा रुचि भएका न्यूनतम १०+२ परीक्षा उर्तीण गरेकाहरुले सदस्यताका लागि निवेदन पेश गर्न सक्ने अध्यक्ष माधवप्रसाद अर्यालले बताए ।  सदस्यताका लागि यहि असार १५ गते शुक्रबारसम्मको समय सीमा तोकिएको छ । सदस्य प्राप्त गर्न पाँच सय रुपैयाँ शुल्क लाग्ने मञ्चका कोषाध्यक्ष कमल अधिकारीले बताए ।

सम्बन्धित खवर