रम्भाका दुई सय ९९ योजना कार्यान्वयनमा

 रीमा सोमै

पाल्पा (करुवा) । रम्भा गाउँपालिकाको चालु आर्थिक वर्षमा २ सय ९९ योजना मध्य २ सय ४० वटा योजना उपभोक्ता समिति मार्फत सञ्चालन भएका छन् । अन्य ५९ योजनाको काम ठेक्का प्रक्रियाबाट अगाडि बढिरहेको गाउँपालिकाले जनाएको छ ।

हालसम्म करिव १ सय ६५ वटा योजनाहरु सम्पन्न भएका छन् भने अन्य योजनाको पनि अन्तिम फरफारको तयारीमा रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताए । उनका अनुसार यस आर्थिक वर्षमा पूर्वाधार तर्फ ११ करोड २७ हजार बजेट विनियोजन भएको थियो । जसबाट रिमिघा पर्यटन प्रवद्र्धन कार्यक्रम अन्र्तगत गरु·ा गेट निर्माणमा १० लाख, टिमुरे डाँडा तर्फबाट ट्रेकि· निर्माणको लागि २० लाख, गरु·ा तर्फ बाट २० लाख रुपैंयाँ गरी ५० लाख विनियोजन गरेर भएको काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

यसै गरि घ्या·सि· पोखरा रैयादेवी मोटरबाटो प्रदेश र गाउँपालिकाको समपुरक बजेट २५/२५ लाख गरी ५० लाखमा ट्रेन्डर प्रक्रियाबाट अगाडि बढिरहेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । अगाहाखोला, आर्कीडाँडा, झेस्का·, तुलडाँडा मोटरबाटो स्तरोन्नतिको लागि प्रदेश सरकारको २५ लाख र गाउँपालिकाको २५ लाख गरी ५० लाखमा काम तीव्र रुपमा भैरहेको उनको भनाइ छ । अध्यक्ष भण्डारीले प्रदेश सरकार र गाउँपालिकाको समपुरक ५० लाखबाट देउराली, ओम भज्या·, सुरुमडाँडा, मस्लाङ मोटरबाटो, पोसढु·ा, फुरु·दी सडक स्तरोन्नतिको लागि पनि ५० लाख बजेटमा काम भइरहेको बताए ।

यस वर्ष उपभोक्ता समपुरकको लागि भनेर गाउँपालिकाले ५० लाख रुपैंयाँ बिनियोजन गरेको भएपनि आर्थिक संकटका कारण बजेट नआएपछि काम भएन । सहदिखोला, रानीबास, किटेनी, तल्लो झोकेदी मोटरबाटोको लागि ५० लाख बजेट बिनियोजन भए अनुसार ठेक्का प्रक्रियाबाट काम अगाडि बढेर सम्पन्न हुने चरणमा रहेको गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन् ।

आन्तरिक आम्दानी अत्यन्त न्यून रहेको गाउँपालिकामा संघीय राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम ४८.६४ प्रतिशत प्राप्त भएको जानकारी गराइन् । यसका साथै आन्तरिक स्रोत तर्फ यस वर्ष २५ लाख ३९ हजार १ सय १२ रुयैंयाँ आम्दानी गरेको जानकारी दिइन् । एक करोड २० लाख अनुमान गरेको भएपनि लक्ष्य हासिल गर्न नसकिने अवस्था रहेको बताइन् ।

यस आर्थिक वर्षमा गाउँपालिकाले चालु खर्च तर्फ ३४ करोड १ लाख २० हजार विनियोजन गरेकोमा अहिले सम्म ६०.७ प्रतिशत खर्च गरेको छ । यस्तै पुजिँगत तर्फ १६ करोड ८० लाख २५ हजार विनियोजन गरेको लेखा अधिकृत पोष्टराज न्यौपानेले बताए । आर्थिक वर्षको अन्त्यसम्ममा करिव ८० प्रतिशत प्रगति हुने अनुमान गाउँपालिकाले गरेको छ ।

गाउँपालिकामा कर्मचारी वडा र कार्यपालिकामा गरेर ३२ जनाको दरबन्दी रहेकोमा अहिले १७ जनाको मात्र स्थायी पदपूर्ति रहेको छ । योजना अनुगमनको कार्यलाई कडाइका साथ लागु गरिएको उपाध्यक्ष श्रेष्ठले बताइन् । उनका अनुसार बजार मूल्य र जिल्ला दररेटमा फरक मूल्य हुँदा उपभोक्ता मर्कामा पर्ने गरेका छन् । गाउँपालिकाका पूर्वाधार विकास शाखा प्रमुख मुक्तबहादुर फालले यो वर्ष गाउँपालिकामा संघीय तर्फको विशेष अनुदानमा कालिगण्डकी गुरुकुल औषधालय निर्माणको भएको बताए । उनले ९० लाख रुपैंयाँ विनियोजन भएकोमा टेण्डर विधिबाट काम गरिएको छ । यस्तै रम्भा नमुना माध्यमिक विद्यालयको छात्राबास निर्माणको काम पनि अन्तिम चरणमा पुगेको उनले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय