रैनादेवीको प्रविधिको प्रयोगबाट सुझाव संकलन

पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले नीति कार्यक्रमका लागि सुझाव संकलनमा प्रविधिको प्रयोग गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति, कार्यक्रम तथा बजेटका विषयमा सर्वसाधरणबाट राय सुझाव लिनका लागि क्यूआर कोड मार्फत रचनात्मक सुझाव राख्न आग्रह गरेको छ ।

समय अनुसार बढ्दो प्रविधिको प्रयोगलाई ध्यानमा राखेर क्यूआर कोड सार्वजनिक गरेर सुझाव संकलन गर्ने पाल्पामा पहिलो गाउँपालिका रैनादेवी छहरा बनेको छ । कतिपय गाउँपालिकाले बन्दकोठा भित्रबाटै आफूखुसी नीति तथा कार्यक्रम तयार गरिरहेका बेला रैनादेवीले भने नौलो अभ्यास गरेको हो ।

डिजिटल युगमा सबैको सुझाव समेटेर गाउँपालिकालाई राम्रो बनाउने नीति तथा कार्यक्रमका लागि क्यूआर कोड प्रयोग गरेर सुझाव माग गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अकिकृत दिनेश सारुले जानकारी दिए । उनका अनुसार गाउँपालिका भित्रका नागरिक स्वदेश वा विदेश जुनसुकै स्थानमा भएपनि सुझाव व्यक्त गनए सक्ने भएकोले यो विधि प्रभावकारी हुने विश्वस व्यक्त गरे । गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले सरोकारबालहरुको सहभागितामा पनि कार्यक्रम गरेर सुझाव संकलन गरिने तयारी रहेको बताए । उनले गाउँपालिकाको विकास र समृद्धिमा चासो राख्ने नागरिकलाई समयमै सुझाव उपलब्ध गराउने वातावरणका लागि प्रविधिको प्रयोगमा प्राथमिकता दिइएको बताए ।

सम्बन्धित खवर