रम्भाको प्राथमिकता शिक्षा र स्वास्थ्य

 रीमा सोमै
पाल्पा । रम्भा गाँउपालिकाले चालु आर्थिक वर्षमा विशेष गरी शिक्षा र स्वास्थ्यलाइ प्राथमिकता दिएर काम गरिरहेको जनाएको छ  । स्वास्थ्य र शिक्षा क्षेत्रको विकास नभइ गाउँपालिकालाई सही रुपमा विकासको बाटोमा हिडाउन नसकिने भएकोले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर काम गरेको गाउँपालिकाले जनाएको छ  ।

गाउँपालिकाले सबै विद्यार्थीलाई गुणस्तरीय आधारभूत शिक्षा प्राप्तिको सुनिश्चित गर्न लागि परेको छ  । जस अन्तर्गत विद्यार्थीलाई विद्यालयमा भित्र्याउन, टिकाउन, सिकाउन र बिकाउन बालबालिकाको पोषणलाई टेवा पु¥याउन शैक्षिक सत्र २०७६ देखि प्रारम्भिक बालविकास देखि कक्षा ८ सम्मका विद्यार्थी दिवा खाजा खुवाउने व्यवस्थालाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए  । उनले शिक्षक विद्यार्थीलाइ दुर्घटना बीमा कार्यक्रम,विद्यार्थी संग करेसाबारी, प्रविधिमैत्री शिक्षाको लागि अनुदानमा ल्यापटप वितरण, विद्यालय भित्र अभिभावक तथा शिक्षकहरुलाई समयानुकुल तालिमको व्यवस्था जस्ता कार्यक्रम सञ्चालन गरिएको बताए  ।

यसैगरी स्वास्थ्य सेवा तर्फ जनताको स्वास्थ्य पहुँच घरघरमा भन्ने नाराका साथ गाउँपालिकाका ५ वटा वडाका ५ स्वास्थ्य चौकी र १ वटा सामुदायिक स्वास्थ्य इकाईमा गरी ६ वटा स्थानमा (प्रसुति) बर्थि· सेन्टरकोस्थापना गरी तालिम प्राप्त स्वास्थ्यकर्मी सहित सेवा प्रवाह गरिएको अध्यक्ष भण्डारीको भनाइ रहेको छ  । गाउँपालिकाको सबै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा संचालनमा आएको छ  । निःशुल्क प्रयोगशाला सेवाले आधारभूत स्वास्थ्य सेवा लिनका लागि नागरिकलाई सहज भएको छ  । आवश्यक औषधि प्रवद्र्धन गर्ने, ज्येष्ठ नागरिकहरुलाई घरघरमा पुगेर औषधि उपचार गर्ने, विपन्न नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रम, सुरक्षित गर्भपतन सेवालगायतका कार्यक्रम संचालन गरेर नागरिकको सेवालाई प्राथमिकता दिएको अध्यक्ष भण्डारीले बताए  ।

यस वर्ष स्वास्थ्य चौकी भन्दा टाढा रहेको बस्तीका जनताको स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्न २ वटा सामुदायिक स्वास्थ्य इकाई थप गरिएको स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले जानकारी दिए  । उनले स्वास्थ्यको पहुँच घरघरमा पु¥याउने उद्देश्य राखेर कार्यक्रम गरिएको छ  । यसका साथै ग र घ वर्गका अपा· तथा एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यबस्था गरिएको छ  । विद्यार्थी, शिक्षक, तथा कर्मचारीहरुका लागि दुर्घटना बीमा जस्ता कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष भण्डारीले बताए  । यसै गरी नागरिकलाई स्थानीय स्तरमै स्वरोजगार बनाउन व्यवसायिक तालिमहरु सञ्चालनमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष राधाकुमारी श्रेष्ठले बताइन्  । उनले होजरी उद्योग, व्युटिपार्लर, जुत्ता बनाउने, दुना टपरी बनाउने तालिम दिइएको बताइन्  । जसबाट स्वरोजगार सिर्जना संगै आयाआर्जनमा वृद्धि भएको छ  ।

यसका साथै गाउँपालिकाले आगामी वर्षका लागि सडकको स्तरोन्नति गरी बाह्रै महिना यातायात संचालन हुने बनाउने योजनाको तयारीमा रहेको छ  । एक घर एक धारा अभियानलाई आगामी वर्ष पनि संचालन गरी शुद्ध खानेपानी प्रत्येक नागरिकको पहुँचमा पु¥याउने लक्ष्य राखेको छ  । आगामी वर्षको योजनामा विश्वासिलो चिकित्सक सेवा उपलव्ध गराउने साेंच रहेको अध्यक्ष भण्डारीले बताए  ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय