एमाले नगर कमिटीको तानसेन नगरपालिकालाई ध्यानाकर्षण
पाल्पा । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेटका विषयमा नेकपा एमाले तानसेन नगर कमिटीले तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठ र उपप्रमुख प्रतिक्षा सिंजालीलाई ध्यानाकर्षण पत्र बुझाएकाे छ ।
नगर कमिटी अध्यक्ष गुराँस आत्रेयको नेतृत्वमा तानसेन नगरपालिका पुगेर नगर प्रमुख समक्ष जनजीविका, जनपक्षीय विकास र जनस्तरीय सेवा प्रवाहका विषयमा राजनीतिक आस्था वा विचारका हिसावले नभै आवश्यकता र मागका आधारमा नीति तथा कार्यक्रम निर्धारण गर्न आग्रह गरिएको छ ।
नगर कमिटी अध्यक्ष आत्रेयले स्थानीय सरकार जनताको घरदैलोसंग जोडिएको सबैभन्दा नजिकको सरकार भनिएपनि तानसेन नगरपालिकाको सेवा प्रवाह अझैपनि सरल र सहज बन्न नसकेको बताए । उनले समय अनुसार प्रविधिमैत्री बन्दै सम्भावना भए अनुसार नगरवासीले विकासको अनुभूति गर्ने गरीे योजना ल्याउन ध्यानाकर्षण गराउनु परेको बताए ।
अध्यक्ष आत्रेयले १८ बँदामा नगरपालिकाको ध्यानाकर्षण गराएका छन् । जसमा तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा वडा कार्यालयहरुलाई दिएको बजेट सिलिङको रकममा नघटाई सोही अनुसारको बजेटको व्यवस्था गर्नुपर्ने देखि लिएर नेकपा एमाले सरकारको पालामा अगाडि सारिएको एक वडा एक किलोमिटर मोटरबाटो कालोपत्रे गर्ने कार्यक्रमलाई निरन्तरता दिनुपर्ने । बाहै्र महिला गाडी चल्ने व्यवस्थाको लागि सडकको स्तरोन्नति गर्नुपर्ने , वन्यजन्तुको व्यवस्थापनका लागि ठोस योजना ल्याउदै कृषिलाई व्यवसायिक रुपमा अगाडि बढाउनुपर्ने,कृषि, भेटेनरी प्राविधिकलाई फिल्डमा आधारित सेवा दिने वातावरण तयार गर्नुपर्ने, पयर्टन क्षेकको विकास लागि पुर्वाधार विकास, तानसेन सौन्र्दयकरणमा ध्यान दिनुपर्नेमा विषयलाई जोड दिएको छ ।
यस्तै नारायणस्थान, भगवतीस्थान सहितका मन्दिरमा नियमित दिनभर दर्शन र पूजा गर्ने वातावरण बनाउनुपर्ने ,फोहोरमैला व्यवस्थापन,स्वास्थ्य संस्थामा पर्याप्त औषधिको व्यवस्था, शिक्षा सुधार कार्यक्रम, खानेपानी व्यवस्थापन सहित लिफ्ट खानेपानी योजनाको विद्युत महशुल निशुल्क, नियमित विद्युत व्यवस्थापनमा र सहरीक्षेत्रको घरहरुमा इन्सुलेटरवाला कालो तारको व्यवस्था र काठको पोल विस्थापन , वडा कार्यालयहरुमा जनशक्ति व्यवस्थापन सहित सरल सेवा,  खेलकूदको विकासका लागि प्रत्यक वडाबाट प्रतिभावान खेलाडीको उत्पादनको वातावरण, सुशासन प्रवद्र्धन, स्थानीय उत्पादनको प्रवद्र्धन , दलित, महिला, युवा, बालवालिका लगायत लक्षित समुदायको उत्थानको लागि बजेट र कार्यक्रम, अनुत्पादक क्षेत्रका प्रशासनिक खर्च कटौती, ट्राफिक व्यवस्थापन गरेर पार्किङ शुल्क हटाउनुपर्न  आन्तरिक राजश्व वृृद्धिका लागि राजस्वका दरलाई वृद्धि भन्दा राजस्वका क्षेत्रहरु विस्तार गर्नुपर्ने, सुविधा सम्पन्न बसपार्क, सभाहल निर्माणका लागि बजेट विनियोजन र व्यापारी र निमार्ण व्यवसायीहरुलाई हौसाला दिने कार्यक्रम ल्याउनुपर्ने विषयलाई प्राथमिकता दिएर बजेट ल्याउनुपर्ने विषय समेटिएको छ ।
नगर प्रमुख श्रेष्ठले ध्यानाकर्षणमा उल्लेख भएका अधिकांश विषयप्रति आफू सकरात्मक भएको बताए । उनले स्रोत र साधनले भेटाएसम्म सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । नगर प्रमुख श्रेष्ठले आन्दरिक आयमा वृद्धि गर्न नसक्नु र अनुदान घटदा समस्या भएको समेत बताए । विगतदेखि भएका समस्याहरु समाधानमा केहि समय लाग्ने वताउदै नगर प्रमुख श्रेष्ठले तानसेनको विकासमा लागि परेको समेत दावी गरे ।

सम्बन्धित खवर