पाल्पा । बगनासकाली गाउँपालिकाले ५ औं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा ‘‘महिला हक अधिकारः सबैको साझा सरोकार’’ विषयमा शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले २०७६ साल जेष्ठ १६ गते निर्वतमान राष्ट्रपति विद्यादेवि भण्डारीले बुबाको नामबाट मात्र नभइ आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्था गरेको, सबै तहमा महिलाको ३३ प्रतिशत उपस्थिति सुनिश्चित गरेको, विभेदकारी कानुनको अन्त्यसंगै संविधानले दिएको अधिकारको ग्यारेण्टीका लागि राष्ट्रिय महिला अधिकार दिवस मनाउन सुरु गरिएको बताइन् । उनले बगनासकाली गाउँपालिका भित्र रहेका सबै महिलाहरूलाई सक्षम र सवल बनाउन आवश्यक कार्यक्रमहरू सञ्चालन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरिन् ।
कार्यक्रमका सामाजिक स्रोत विकास केन्द्र नेपाल पाल्पाका प्रमुख चोपलाल गिरीले बगनासकाली गाउँपालिकाले संविधानले सुनिश्चित गरेको महिला अधिकारलाई बगनासकाली गाउँपालिका अध्यक्ष निर्वाचित भएर कार्यान्वयन गरेको बताए । उनले यससंगै गाउँपालिकाले विभिन्न सूचकहरूमा महिलामैत्री गतिविधि गर्नुपर्नेमा जोड दिए ।
गाउँपालिकाले महिला मैत्री बजेट, नीति तथा कार्यक्रम तयार गरेर अगाडि बढ्नु पर्ने बताए । प्रमुख गिरीले सक्षम र सवल पक्षलाई पछ्याउने गरी कार्यक्रम बनाउनु पर्ने, उत्तरदायी बनाउनु पर्ने, लैगिंक हिंसाको फरक, समाज रूपान्तरणका आयामहरू को खोजि गर्ने विषय समेटेर आफ्नो प्रस्तुति राखेका थिए ।
कार्यक्रममा उपाध्यक्ष हरि प्रसाद पाठक, प्रबक्ता टीका, थापा, कार्यकारी प्रमुख बद्रिनाथ लम्साल, कार्यपालिका सदस्य गीता रेग्मी, कर्मचारी उमा अर्याल सहभागीको तर्फबाट चन्द्रकला न्यौपानेले आफ्नो विचार राखेका थिए ।