वैदेशिक रोजगार अभिमुकीकरण कार्यक्रम पाल्पाको रामपुरमा

सुशीला रेग्मी

पाल्पा । वैदेशिक रोजगारीमा जान चाहनेहरुका लागि वैदेशिक रोजगार अभिमुखीकरण कार्यक्रम पाल्पाको रामपुरमा भएको छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलको आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रमा रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले कामका लागि मात्रै नभई अध्ययन तथा विभिन्न काममा लागि विदेश जाने क्रममा धेरै कुरा सिक्नुपर्ने बताए । उनले विदेशमा जाँदा कतिपय सामान्य कुरामा जानकारी नहँुदा धेरै अप्ठ्यारा स्थिति भोग्नु पर्ने बताउर्दै विदेशमा रोजगारको क्षेत्रमा मात्र नभई अध्ययन पूरा गरेर स्वेदशमा काम गर्ने वातावरण राज्यले तयार गर्नुपर्नेमा जोड दिए । नगर प्रमुख थापाले त्यसको लागि सीप , क्षमता र योजना भए स्थानीय सरकारले सहयोग गर्ने जानकारी गराए । उनले सीप सिकेर सानो कामबाट पनि आफ्नो जिविकोपार्जन गर्न सकिन्छ, कामलाई सानो ठुलोमा दाज्न हुदैन, गाउँमै बसेर विभिन्न पेशा, व्यावसाय गर्न चाहने युवालाई नगर सरकारले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत दुईवर्ष सम्मका लागि ३० लाखसम्म व्याज अनुदान दिइरहेको जानकारी समेत दिए ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं ६ का वडाध्यक्ष दिवाकर देवकोटाले कमाउनकै लागि वैदेशिक रोजगारमा जानुनपर्ने बताए । उनले हातमा सीप छ भने स्वदेशमा बसेर विभिन्न पेशा, व्यावसाय गरेर आयआर्जन गर्न सकिने समेत बताए । रामपुर नगरपालिका वडा नं ६ को समन्वयमा भएको अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगारमा जान इच्छुक तथा गएर फर्केका युवा, विद्यार्थी लगायत करिव एक सय ५० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रमको सहजीकरण रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान बुटवलका भोजराज न्यौपाने, राजु पन्थी, दिपक नेपाल, सुमन पन्तले श्रम स्वीकृती लिने, म्यानपावर कम्पनी संगको सहकार्य, पैसा कसरी तिर्ने, प्लेनमा कसरी बस्ने, विदेशमा पुगिसकेपछि राजदुतावाससंग सम्पर्क गर्ने तरिकालगायतका बारेमा बताएका थिए । प्रतिष्ठान बुटवलका प्रशिक्षक भोजराज न्यौपानेको सञ्चालन तथा सुमन पन्तको अध्यक्षतामा कार्यक्रम चलेको हो ।

सम्बन्धित खवर