
पाल्पा । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) को पार्टी सङ्गठन सुदृढीकरण अभियान अन्तरगत पाल्पाको सचिवालयको विस्तारित बैठक तानसेनमा सम्पन्न भएको छ ।
बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको पार्टीको सुदृढीकरण र शुद्धिकरण दुबै अभियान भएकोले अवसरका नाममा आन्दोलनलाई धोका दिनेसंग सजग हुनुपर्ने बताए ।
कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सचिव राजु गुरुङ , जिल्ला इन्चार्ज यादव बहादुर रायमाझी , केन्द्रीय कमिटिी सदस्य अशोककुमार शाही, रमा घर्तीले आफ््नो भनाइ राखेका थिए । सबै स्थानीय तहको रिपोर्टिङ, अपानी बाचन, कार्यविभाजन, आर्थिक व्यवस्थापनलगायतका प्रस्तावमा छलफल गरिएको थियो ।
बैठकले पार्टीको सदस्यता नविकरण र सदस्यता विस्तार २०८० जेठ मसान्तसम्म गर्ने , सबै वडा र स्थानीय तह कमिटीको अधिवेशन सम्पन्न गर्ने निर्णय भएको प्रचार विभाग प्रमुख पदमप्रसाद गैरेले बताए । बैठक जिल्ला कमिटी अध्यक्ष कमल पाण्डेको अध्यक्षता र सचिब मोहनलाल गैरेको संचालनमा भएको थियो ।








