लाइसेन्स नविकरण सेवा पाल्पामा सुरु

पाल्पा । अवदेखि पाल्पाबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नविकरण हुने भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले जेष्ठ ४ गते देखि सवारी चालक अनुमति पत्रको नविकरण सेवा सुरु गरेको जनाएको छ । कार्यालयले सूचना जारी गरी सेवा सुरु भएको जनाएको हो ।

तानसेन ७ बतुंङमा रहेको सेवा कार्यालयमा नविकरणका लागि सक्कल नागरिकताको प्रमाण पत्र, सक्कल सवारी चालक अनुमति पत्रको प्रमाणपत्र र निरोगिताको प्रमाणपत्र आवश्यक पर्ने कार्यालय प्रमुख केशव सुनारले जारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय