पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत तानसेन–रिडी वाईपास सडक (होलाङ्गदी– ढुङ्गाखानी खण्ड) २७ दिन बन्द हुने भएको छ । यस सडक खण्डको माझखोलामा (कजवे) निर्माण गर्नका लागि जेष्ठ ५ गते शुक्रबारदेखि जेष्ठ ३२ गते बिहीबारसम्म सडक बन्द हुने सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।
कार्यलयले कजवे निर्माण कार्य सुरु भैसकेकोले यस सडक प्रयोग गर्ने सवारी साधनहरुले यो अवधिमा डुम्रे– कुसुमखोलाको वैकल्पिक मार्ग प्रयोग गरी निर्माण कार्यमा सहयोग गर्न कार्यलय प्रमुख अरुण गुप्ताले आग्रह गरेका छन् ।
यस्तै सडक बन्द गरी निर्माण कार्य गर्दा पर्न गएको असुबिधा प्रति कार्यलय क्षमाप्रार्थी रहेको जनाएको छ । सबैको सहयोग र समन्वयमा निर्माण कार्य यथाशिघ्र सम्पन्न गरी सडक सुचारु गर्न कार्यालय प्रतिबद्ध रहेको समेत सूचनामा उल्लेख गरिएको छ ।