एमाललेले ‘मदन–आश्रित स्मृति दिवस’ मनायो

पाल्पा । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिन जेठ ३ गते अर्थात् ‘मदन–आश्रित स्मृति दिवस’ नेकपा एमालले पाल्पाले पनि मनाएको छ । ३० औं स्मृति दिवसमा मदन– आश्रितको तस्वीरमा अबिर र फूल चढाएर सम्मान गरिएको थियो । यसका साथै एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरेले मदन– आश्रितको बारेमा चर्चा गरे ।

जननेता भण्डारीले अगाडि सारेको विचार र सिद्धान्तलाई पार्टी अगाडि बढेको समेत बताए । मदन भण्डारी २०४६ र ४९ सालको चौथो र पाचौं महाधिवेशनबाट महासचिवमा निर्वाचित भएका थिए । उनको विचारले मुलुकमा सिंगो कम्युनिष्टको नेतृत्व गरिरहेको बताए । जनताको बहुदलीय जनवादको सिद्धान्तले मुलुक यो अवस्थामा आएको अध्यक्ष घिमिरेले दाबी गरे । शान्तिपूर्ण जनआन्दोलन र जबजको विचारले १० वर्षे जनयुद्ध त्यागेर माओवादी शान्तिपूर्ण आन्दोलनमा आएको बताउँदै नेकपा एमालेको पहलमा राजा फाल्न सफल भएको घिमिरेको भनाइ थियो ।

सामन्तवादी युगलाई अन्त्य गरेका छौँ । यी सबै आन्दोलन जबजको सिद्धान्त अनुरुप नै सफल भएको हो । भौतिक रूपमा यी नेता नभएपनि उनीहरुको विचारले मुलुक चलिरहेको उनले बताए । अध्यक्ष घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीको प्रदेश कमिटीका सदस्य, जिल्ला कमिटी लगायत कार्यकर्ताको उपस्तिथि रहेको थियो । अहिले एमालेलाई घेराबन्दी भइरहेको छ । तर पनि एमाले जनताको मतले पहिलो लोकप्रिय पार्टी बनेको छ । आगामी निर्वाचनमा एमाले पार्टी पहिलो बन्ने र सरकारको नेतृत्व गरेर नेपाल र नेपालीको हितमा काम गर्ने अध्यक्ष घिमिरेले बताए ।

२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । जिप त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भए पनि जिप चालक अमर लामा भने जीवित थिए। लामाको २०६० सालमा हत्या भएपछि त्यो घटनाको यथार्थ अहिलेसम्म पत्ता लगाउन सकिएको छैन् । एमाले पाल्पाका कार्यालय सचिव दीपक विश्वकर्माको स्वागत तथा सचिव रामजी पोखरेलको सञ्चालन तथा अध्यक्ष घिमिरेको अध्यक्षतामा चलेको कार्यक्रममा प्रदेश कमिटी सदस्य नारायणी शर्मा,टंकनाथ खनाल, रामबहादुर राउत, प्रदेश सभा सदस्य खेमबहादुर सारुलगायत पार्टीका प्रदेश, जिल्लाका विभिन्न तहका नेताहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर