पाल्पा । नेपाल प्रेस युनियन पाल्पा शाखाको सभापतिमा मन गहिरे चयन भएकी छन् । आइतबार तानसेनमा भएको नवौं जिल्ला अधिवेशनबाट गहिरे सभापतिमा सहित युनियनको नयाँ नेतृत्व चयन भएको हो ।
सर्वसम्मत रुपमा भएको समितिको उपसभापतिमा रामचन्द्र रायमाझी, विष्णुु खनाल र दानु हिस्की रहेका छन् । यस्तै सचिवमा विष्णुु प्रसाद घिमिरे, सहसचिवमा इमानसिं राना, वविता विस्ट, सन्तोष सुनार र कोषाध्यक्षमा दिपक भट्टराई रहेको प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव प्रसाद अर्यालले जानकारी दिए ।
समितिको सदस्यहरुमा किसन पोखरेल, जीवन तिवारी, मिना कुमाल, प्रकाश ज्ञवाली, रमेश राना, भविश्वर पौड्याल, सुमन कार्की, दुर्गा अर्याल, इवन ढेंगा र सुशिल बस्याल रहेको युनियन पाल्पाले जनाएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा युनियनलाई सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसका साथै पत्रकारहरुलाई पुरस्कृत समेत गरिएको थियो । यस अवसरमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,जनप्रतिनिधि,अक्षयकोषदाता,पेशागठ संगठनका प्रतिनिधिलगायथले शुभकामना मन्तव्य राखेको निर्वतमान सभापति भरत शर्माले बताए ।