
पाल्पा । समाजवादी प्रेस संगठन पाल्पाको अध्यक्षमा पदमप्रसाद गैरे चयन भएका छन् ।
प्रथम अधिवेशनले गैरेको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा रमा भण्डारी र विशाल नापित रहेका छन् । यस्तै सचिवमा किरण रसाली , सह सचिवमा रिमा सुन्धौली र कोषाध्यक्षमा सुजता थापा रहेका छन् ।
अधिवेशनका अवसरमा जिल्लामा क्रियाशील राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि,विभिन्न पत्रकारहरुको संगठनका प्रमुख तथा प्रतिनिधि र एकीकृत समाजवादी पार्टीका विभिन्न तहका नेताहरुले नवगठित समितिलाई सफलताको शुभकामना व्यक्त गरेका थिए ।