पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) पाल्पाले भ्रष्टाचारजन्य क्रियाकलाप संलग्न सबैलाई कानुनी दायरामा ल्याउन दवाव सिर्जना गर्न प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाइएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणलगायतका भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्न सबै माथि छानविन तथा कारबाही र विगतका ठूला भ्रष्टाचार काण्डका फाइल खोल्न र २०४६ साल पछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरुको सम्पत्ति छानविनको माग राखेर ज्ञापन पत्र बुझाएको पार्टी पाल्पा अध्यक्ष डुलबहादुर कँवरले जानकारी दिए ।