अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि बौदीकालीकालाई

होम राई मगर

पाल्पा । निस्दी गाउँपालिका पाल्पामा सन्चालन भएको प्रथम खुला अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना र निस्दी भलिबल संघको सह–आयोजनामा सञ्चालन भएको प्रतियोगितामा बौदीकाली गाउँपालिकाले कालीगण्डकी गाउँपालिका स्याङ्जालाई १८/२५ , २५/२२ र १५/१३ को अन्तरमा हराउदै जीत निकालेको हो । यसैगरी बाग्लुङको गलकोट नगरपालिकाले परासीको बर्दघाट नगरपालिकालाई २५/२३ , १६/२५ र १३/१५ को अन्तरमा जीत निकाल्दै तेस्रो स्थानमा प्राप्त ग¥यो भने बर्दघाट गाउँपालिकाले सान्त्वना भयाे ।

प्रथम बिजेता बौदीकाली गाउँपालिकाले ट्रफी सहित नगद १ लाख २० हजार हात पारेको छ भने उपबिजेता कालीगण्डकी गाउँपालिका गाउँपालिकाले ट्रफी सहित नगद ८० हजार रुपैयाँ प्राप्त गरेको छ । यसैगरी तेस्रो स्थानमा रहेको गलकोट नगरपालिकाले ट्रफी सहित नगद ५० हजार र सान्त्वना स्थानमा रहेको बर्दघाट नगरपालिकाले ट्रफी सहित ३० हजार प्राप्त गरेको छ । प्रतियोगितामा विभिन्न विधागत पुरस्कार अन्तर्गत बौदीकालीका हिमाल सुनारीले बेस्ट सर्भर, गलकोटका चन्द्र सुनारले बेस्ट डिफेन्डर पुरस्कार प्राप्त गरे । यसैगरी बेस्ट सेटर कालीगण्डकीका सुदिप राना, बेस्ट स्पाइकर बर्दघाटका कमल गहतराजलाई प्रदान गरेको छ भने बेस्ट ब्लकरमा बौदीकालीका विश्वास अधिकारी र बेस्ट प्लेयर बौदीकालीका आशिष श्रेष्ठले प्राप्त गरे ।

बिजयी समूह तथा खेलाडीहरुलाई लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले पुरस्कार वितरण गरे । प्रदेश सदस्य श्रेष्ठले खेलकुदमा आफूलाई स्थापित गर्न खेलाडीहरु सक्षम र निरन्तर क्रियाशील हुनुपर्नेमा जोड दिए । उनले खेलकुदले अनुशासीत र जिम्मेवारी हुन सिकाउने भएकोले आफूमा भएको सीपलाई सदुपयोग गर्न सदैब तत्पर रहनुपर्ने बताए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले निस्दीको खेलकुल विकासका लागि गाउँपालिकाले सहयोग गर्दै आएको बताए । उनले यु्वाहरुको माग अनुसार खेल क्षेत्रमा गाउँपालिकाले आवश्यक कार्यक्रमहरु सञ्चालन गर्ने समेत बताए ।

प्रमुख प्रशासकीय अधिकृत ध्ुव दयालले खेलकुदले सक्षम र स्वस्थ युवा तयार गर्ने भएकोले विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय खेलकुदका रुपमा रहेको भलिबलको अन्तर पालिका स्तरीय प्रतियोगिताका निस्दीमा आयोजना गर्न सफल हुँनु आफैमा राम्रो भएको बताउदै यसले खेलकुदसंगै पर्यटन विकासमा समेट सहयोग गर्ने बताए ।

वैशाख २३ गते देखि निस्दी, गल्धाको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा पाल्पा जिल्लाका ४ गाउँपालिका र अन्य जिल्लाका ४ गाउँपालिका गरी ८ गाउँपालिकाहरुको खेल समूहको सहभागिता रहेको थियो ।
गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षमा भएको हो ।

सम्बन्धित खवर