पाल्पा । माथागढी गाउँपालिका ३ कसेनी सराईमा अस्थायी प्रहरी चौकीको स्थापना गरिएको छ ।
चौकीको पाल्पा निर्वाचन क्षेत्र नं। १ का संघीय सांसद नारायण प्रसाद आचार्यले उद्घाटन गरेका हुन् । सांसद आचार्यले प्रहरी चौकी स्थापना भएसंगै अपराधिक क्रियाकलापमा न्यूनीकरण हुने विश्वास व्यक्त गरे । उनले अपराध नियन्त्रणको काम प्रहरीको मात्र नभएको बताउँदै आम नागरिकले प्रहरीलाई सहयोग गर्दा मात्र अपराध नियन्त्रण सम्भव हुने बताए । सांसद आचार्यले स्थानीय बासिन्दाको सहयोग, समन्य र सही सूचनाले मात्र अपराधजन्य घटना न्यूनीकरण गर्न सकिने बताउँदै यसमा सहयोगी बन्न सबैलाई आग्रह समेत गरे । संघीय सरकारको समन्वयमा प्रहरी चौकीको भौतिक पूर्वाधारजस्ता काममा सहयोग गनेर् प्रतिवद्धतासमेत जनाए । आचार्यले अस्थायी प्रहरी चौकी स्थापना भएकोमा खुसी व्यक्त गदैर् स्थानीय, प्रदेश
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सदस्य खेमबहादुर सारुले समाजमा हिंसा न्यूनीकरण एवं शान्ति सुरक्षा कायम गर्न नागरिक र प्रहरी बीचको सहकार्य आवश्यक रहेको बताए । उनले शान्ति, सुरक्षा र अमनचैनमा प्रहरी चौकीले महत्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
गाउँपालिका अध्यक्ष यम बहादुर चिदीले प्रहरी चौकी स्थापनाले गाउँपालिका भित्रको सुरक्षा प्रबन्ध र स्थानीय जनताको शान्ति सुरक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले गाउँपालिकाको पहलमा नै प्रहरी चौकी स्थापना भएको बताउँदै अध्यक्ष चिदीले जनता र स्थानीय सरकार सधै प्रहरीको साथमा रहने बताए ।
कार्यक्रममा प्रहरी उपरीक्षक हेरम्ब शर्माले चाडपर्वको समयमा शान्ति सुरक्षामा विशेष ध्यान दिन प्रहरी कर्मचारीहरूलाई निदेर्शन दिए । उनले प्रहरीले जनताको धनजनको सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा व्यावसायिक दक्षता देखाउनुपनेर्मा जोड दिए । माथागढी ३ का वडाध्यक्ष तेज बहादुर घर्तीमगरले चौकी स्थापना पछि माथागढी गाउँपालिकाको सराई, खहरे, रुप्से, चिदीपानी, तानसेन नगरपालिकाको दमकडा, तिन्टी आँपलगायतका जनताले सहज रुपमा सेवा पाउनेे बताए ।
नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले प्रविधि र सहरको विकाससँगै विभिन्न चुनौतीहरु बढेको समयमा प्रहरी चौकी स्थापना हुनु सकारात्मक भएको बताए । उनले व्यक्तिगत फाइदाका लागि नभएर समाजको हितमा काम गर्दा सभ्य समाज निर्माण गर्न सहज हुने बताए ।
स्थापना गरिएको प्रहरी चौकीमा ६ जना प्रहरी रहेका छन् । स्थानीय तहसँगको समन्वयमा सुरक्षा अवस्थालाई मजबुत पार्न जनशक्ति बढीभन्दा बढी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।