बगनासकाली पत्रकार समूहमा नयाँ नेतृत्व

पाल्पा । बगनासकाली गाउँपालिका भित्र रहेर पत्रकारितामा क्रियाशील पत्रकारहरुको समूह बगनासकाली पत्रकार समूहको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न दोश्रो अधिवेशनले भोजराज तिमिल्सिनाको अध्यक्षतामा ९ सदस्यी नयाँ नेतृत्व चयन गरेको हो । सर्वसम्मत रुपमा चयन भएको समितिको उपाध्यक्षमा नेत्रप्रसाद गैरे , सचिवमा दयाराज न्यौपाने रहेका छन् । यस्तैगरी सहसचिवमा किरन रसाइली र कोषाध्यक्ष अम्बिका पाण्डे रहेका छन् । समितिको सदस्यहरुमा संगिता आचार्य , शिव बस्याल, कमल गैरे र हरिप्रसाद भट्टराई रहेको निर्वाचन मण्डका संयोजक गोविन्दप्रसाद भट्राईले जानकारी दिए ।

साधारणसभाको उद्घाटन सत्रका प्रमुख अतिथि बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरि प्रसाद पाठकले बगनासकाली पत्रकार समूहले बगनासकालीको विकास र प्रचार प्रसारमा ठूलो भूमिका निर्वाह गरेको बताए । उनले समूहसंग गाउँपालिकाले सहकार्य गरेर अगाडि बढ्ने बताए । पत्रकार समूहसंगको समन्वय र सहकार्यबाट गाउँपालिकाको विकास गतिविधि सञ्चालन गरिने उपाध्यक्ष पाठकले बताए । पत्रकारहरु समाजमा भएका असल अभ्यासको प्रचार र गलत कार्यको खवरदारी गर्ने पेशा भएकोले सोही अनुसार समूह क्रियाशील हुनुपर्नेमा जोड दिए ।

साधारण सभामा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम रानाले पेशागत दक्षता वृद्धि गर्दै समाजमा भएगरेका कामको निगरानी गर्ने दायित्व पत्रकारहरुको रहेको बताए । उनले स्थानीय सरकारले पत्रकारहरको क्षमता विकासमा ध्यान दिनुपर्ने बताउर्दै पत्रकारहरु पत्रकारितामै क्रियाशील हुनुपर्नेमा जोड दिए ।

साधारण सभामा नेपाली कांग्रेसका यमलाल तिमिल्सिना , नेकपा माओवादी केन्द्रका खुम बहादुर विक , रास्वापाका जिल्ला सचिव सुमन गैरेले पत्रकारहरु निष्पक्ष भएर काम गर्नुपर्ने बताउदै सफलताको शुभकामना व्यक्त गरे । यसका साथै समूहका सल्लाहकार गोबिन्द भट्टराई, झपेन्द्र गहिरे, देव पचभैया, कमलराज तिमिल्सिनाले समूहले छोटो समयमा आफूलाई व्यवस्थित गर्दै गाउँपालिकाको विविध पक्षमा सहयोग गरेको बताए । उनीहरुले समूहले आगामी दिनमा गाउँपालिका भित्र नयाँ पत्रकार स्थापित गर्ने,क्षमता विकासका कार्यक्रम केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

सभा प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्की , प्रेस युनियन पाल्पाका सभापति अध्यक्ष भरत शर्मा , प्रेस सेन्टरका अध्यक्ष कृष्ण दर्नाल, स्वतन्त्र पत्रकार महासंघका पाल्पा अध्यक्ष भोजराज भट्टराईले क्रियाशीलताले नै सबैलाई स्थापित गराउने बताए । उनीहरुले समूहले संस्थागत उद्देश्य अनुसार काम गर्दा आवश्यकताका आधारमा आफूहरु पनि सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए । यसका साथै सभामा बगनासकाली १ का वडाध्यक्ष सेर बहादुर चिदी, बगनासकाली कृषि बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्ण भुसाललगायतले पत्रकारहरले आफ्नो आचारसंहितामा रहेर पत्रकाररिता गर्नुपर्नेा जोड दिए । उनीहरुले अधिवेशनबाट सक्षम नेतृत्व चयनका लाग शुभकामना समेत व्यक्त गरेका थिए ।

समूहको स्थापनाको उदेश्य र स्थापना भएको ५ वर्ष मा गरेका कामको बारेम समूहका साधारण सदस्य यज्ञमुर्ति तिमिल्सिनाले जानकारी गराए । उनले समूहले छोटो समयमै पत्रकारिता क्षेत्र र गाउँपालिकाको गतिविधि र धार्मिक तथा पर्यटकीय स्थलको प्रचार प्रसारमा योगदान गरेको बताए ।

साधारणसभा समूहका उपाध्यक्ष भोजराज तिमिल्सिनाको स्वागत , सचिव विस्णु प्रसाद घिमिरेको संचालन र समूहका अध्यक्ष दिपक ढुंगानाको अध्यक्षतामा उद्घाटन समारोह चलेको हो । त्यसपछि चलेको बन्द सत्रले नयाँ समिति चयन गरेको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय